कुशल दलामी जाजरकोट
जाजरकोट जिल्ला नलगाड नगरपालिका ७ दल्ली स्थित सोमबारदेखि “खेल तथा पौराणिक संस्कृतीको संरक्षण तथा सम्बर्धनमा सदा सदा नलगाड स्थित सबै नगरबासिहरुको पुर्ण प्रतिबद्वता” भन्ने मुल नाराका साथ चौथो नलगाड खेलकुद तथा सांस्कृतीक महोत्सव २०७९ को महोत्सब मुल आयोजक समितीका अध्यक्ष लेखराज बिष्टको अध्यक्षता एवं नलगाड नगर प्रमुख डम्मर बहादुर रावतको प्रमुख आतिथ्यमा फागुन १ गते देखि ५ गते सम्म संन्चालन हुने महोत्सवको लोक सांस्कृतीक झाकी सहित भब्य रुपमा उद्वाटन सम्पन्न भएको छ।
उक्त महोत्सवमा पुर्ब नगर प्रमुख टेक बहादुर रावल नेकपा माओवादि केन्द्र नलगाड ईन्चार्ज गनेश सिंह नेपाली काङ्रेस प्रतिनिधि लब ओलि नेकपा एमाले प्रतिनिधि प्रकाश शर्मा नलगाड स्वास्थ्य शाखा प्रमुख तप्त चनारा, नलगाड १ का वडा अध्यक्ष धर्मेन्द्र महर ५ का वडा अध्यक्ष ओम बहादुर ओलि १० का वडा अध्यक्ष अनिता रोका वाईसिल सचिव मिना चदारा यसैगरी पुर्ब वडा अध्यक्ष लक्ष्मि रावल केशव प्रशाद शर्मा ईलाका प्रहरी दल्ली प्रमुख लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख डम्मर बहादुर रावतले नलगाड नगरपालिका भित्र रहेका बिभिन्न सस्कृतीलाई जगेर्ना गर्ने उदेश्यका साथ आयोजना गरीएको चौथो नलगाड खेलकुद एवं सास्कृतीक महोत्सवको आयोजना गरीएको र यसको नितन्तरता दिने प्रतिबद्वता सहित महोत्सव सफलताको शुभकामना ब्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै पुर्ब नगर प्रमुख रावलले शुरु गरेको नलगाड महोत्सव पौराणिक लोक सांस्कृतीक लाई संरक्षण संम्बर्धन गर्ने उदेश्यका साथ यो महोत्सवको शुरुवात गरेकोले यसको निरन्तरता अहिलेको स्थानिय सरकारले दिएकोमा धन्यवाद ब्यक्त गर्दै अझै पुराना ख्याली टप्पा लहरे पैसेरी सिंगारु झाक्री नृत्य बिजुलि रेलै हिउपा दहरी लगाएत ठाठाेभाका आदि लोक सांस्कृती जगेर्नाको लागि निरन्तर चौथो बर्ष महोत्सव आयोजना गरीएको महोत्सव आयोजक सचिवालय सदस्य जय बहादुर रावलले जानकारी दिनुभयो।