Saturday, November 23, 2024
spot_imgspot_img
Homeराष्ट्रियचौरजहारीका १६ सय घरधुरीमा स्वच्छ खानेपानी

चौरजहारीका १६ सय घरधुरीमा स्वच्छ खानेपानी

 

चौरजहारी २० चैत
रुकुम पश्चिमको चौरजहारी नगरपालिका भित्रका १६ सय घरधुरीमा स्वच्छ खानेपानी पुगेको छ । वर्षौं देखि भेरीको पानी पिउन बाध्य चौरजहारी बासीलाई विजयश्वरी चौरजहारी सुख्खा खानेपानी तथा सरसफाइ आयोजनाले भेरी नदीबाट लिफ्टिङ बोर्डिङ मार्फत पानी प्रशोधन गरि चौरजहारी नगरपालिकाका वडा न १ ,२ र ३ का करिब ११ सय घरधुरीलाई स्वच्छ खानेपानी पुगेको समितिका अध्यक्ष तेज बहादुर बटालाले जानकारी दिनुभयो । हाल चौरजहारी नगरपालिकाका वडा न १ का घारीगाउ, लामिछाने गाउँ र नाखिरा, वडा न २ का रुकुमे गाउँ,बजार टोल र गोतामे गाउँ, वडा न ३ का टाटा गाउँ ,स्यालखोला र अमाचौरका ११ सय घरधुरीलाई स्वच्छ खानेपानीको सुविधा पुगेको चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माले जानकारी दिनुभयो ।

चौरजहारी नगरपालिकाको वडा न ४ स्थित अमलाटाकुरा मुल बाट र भेरी नदीकी पानी पिउन बाध्य भएका चौरजहारीबसीका लागि यो आयोजनाको पानीले निकै राहत थप्नुका साथै खानेपानीको समस्या टरेको स्थानीय होटेल व्यवसायी दिवाकर गौतमले बताउनु भयो । संघीय सांसद जनार्दन शर्मा प्रभावकरको पहलमा सुरु गरिएको आयोजनाको करिब २१ करोडको ६२ लाख लागतमा ३ स्थानमा लिफ्टिङ सिस्टम बाट पानी संचित गर्ने ट्याकी निर्माण गरि खानेपानी वितरण गरिएको हो । गत मंसिर महिनाबाट सफल परिक्षण गरी फागुन १ गतेदेखि पुर्व गृहमन्त्री समेत रहनु भएका जनार्दन शर्माले आयोजनाको औपचारिक रुपमा उद्घाटन गरेपछि खानेपानी वितरण सुरु गरिएको बताइएको छ । आयोजना मार्फत वडा न ४ को मनकोटमा खानेपानी विस्तार गर्ने लक्ष्य रहेको आयोजनले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments