Thursday, November 21, 2024
spot_imgspot_img
Homeस‌स्कृतिकलाजनताको नासो जनतालाई दिन्छौं बैजनाथ:अध्यक्ष शाही

जनताको नासो जनतालाई दिन्छौं बैजनाथ:अध्यक्ष शाही

बाँके:बैजनाथ गाउँपालिका स्थानीय सरकार प्रमुख प्रकाश बहादुर शाहीले आफुले निर्वाचनमा जनताको माझमा गरेका प्रतिबद्धता मध्ये पहिलो एजेन्डा नौवस्ता औद्योगिक क्षेत्र र दोश्रो भुमि सम्बन्धि अधिकार “जनताको अधिकार जनताको नासो जनतालाई दिने” बताउनुभएको छ।        बैजनाथ ७ बाट निस्सा बितरण शुरु गरिएको थियो। बैजनाथ
५,६,७ र ८ वडाहरुको काम सम्पन्न भएको छ।बैजनाथ ६ मा बसोबास गर्ने भुमिहिन सुकुम्बासी १ सय ८१ एकासी
भुमिहिन दलित १ सय ४७ सड्चालिस र अव्यवस्थित बसोबास ९ सय २९ उन्नतिस घर परिवारलाई बुधबार देखि निस्सा बितरण गरिने बैजनाथ गाउँपालिका ६ का वडा सचीव निम बहादुर थापाले जानकारी दिनुभयो ।
स्थानीय जनतालाई निस्सा बितरण शुरु गर्न राष्ट्रिय भुमि आयोग नेपाल प्रमाणिकरण गरेर आएको छ । बुधबार देखि बैजनाथ ६ का जनतालाई जग्गाको निस्सा बितरण पछि नापजाँपका लागी काम शुरु हुने बैजनाथ ६ का वडा अध्यक्ष भुपाल पुन मगरले जानकारी दिनुभयो ।
नौवस्ता औद्योगिक क्षेत्रको सम्पुर्ण काम शुन्य बाट शुरु गरेर
भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ब्यवस्थापन गरेर औद्योगिक क्षेत्रको काम अगाडि बढाउने बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले बताउनुभयो ।
बैजनाथ गाउँपालिका ७ का २ सय ९४ चौरानब्बे घर परिवारलाई जोतभोग गर्दै आएको जग्गाको निस्सा बितरण गरिएको बैजनाथ ७ का वडा अध्यक्ष दिनेश थारुले जानकारी दिनुभयो ।
बैजनाथ गाउँपालिका अध्यक्ष शाही भन्नुहुन्छ निर्वाचनमा गरेको प्रतिबद्धता पुरा गर्नमा स्थानीय सरकार प्रतिबद्ध छ। लामो समय देखि जनताले जोतभोग गर्दै आएको जग्गाको अधिकार स्थानीय जनतालाई दिलाउन स्थानीय सरकार तत्पर रहेको बताउदै हालसम्म कुल ५०% प्रतिशत जग्गाको काम पुरा भएको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments