बाँके जिल्लाको बैजनाथ गाउँपालिका ३ नम्बर वडा अध्यक्ष निखिल बैगार निर्वाचित भए लगतै स्थानीय जनताको सेवामा तल्लिन भएर लाग्नुभएको छ।मंगलबार वडा अध्यक्ष बैगार आफ्नो वडाबासी जेष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँचका लागि स्वास्थ्यकर्मी सहित घर घरमा पुग्नुभएको छ।
मंगलबार नै बिस्वब्यापि महामारी रुपमा फैलिएको काेभिड १९ बाट बैजनाथ गाउपालिका वडा न:३ मा गतबर्ष मृत्यु भयका( ३ जना ) का आफन्त हरुलाइ बैजनाथ गाउँपालिका बाट प्राप्त राहत रकम जनहि नगद रु ४००००( चालिस हजार रुपैयाँ )मंगलबार मिति २०७९/२/३१ गत्ते का दिन बैजनाथ गाउंंपलिका वडा नः३ का वडा अध्यक्ष बैगारको हातबाट उक्त रकम हस्तान्तरण गरिएको छ।