बाँके जिल्ला नेकपा माओवादी केन्द्र बैजनाथ कमिटी सदस्य गौरव दाहाल क्षेत्रीले आफ्नो छोरीको जन्मदिन गरिब र बिपन्न परिवारलाई खाद्यान्न बितरण गरेर मनाउनु भएको छ।
दाहालको छोरीको जन्म २०७७/०३/१४ असारमा भएको थियो भने नामाकरण गर्दा कुनै ब्राह्मणलाई हेराएर गरिएको हैन अब देशको राजनीतिक डाइनामिक लिडर नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्बप्रधानमन्त्री पुष्प कमल दाहालको छोरी तथा स्वकीय सचीव गंगा दाहालले बिधुषि नाम नामाकरण गर्नुभएको हो।
दाहाल पेशाले हलुका सवारी चालक हुनुहुन्छ र नेपालको ७७ जिल्ला पुग्न समेत सफल एउटा युवा बैजनाथको समाजसेवी जो सधैं कुनै न कुनै काम फरक तरिकाले गर्नुहुन्छ।
आफ्नो हरेक बर्षको जन्मदिन बिपन्न गरिब परिवारमा मनाउनु हुन्छ । सुन्दा अचम्म लाग्न सक्छ जन्मदिन मनाउने तरिका समेत फरक छ केक लगाएत अन्य कुनै खानेकुरा लिएर जानू हुन्न बरु ती गरिब दुखीहरुको घरमा चुलो बाल्ने काम गर्नुहुन्छ जो बैजनाथमा मानियका उच्च पदस्त ब्यापारीक घराना समेतका लागि एउटा उहाँ बाट सिक्ने उदाहरण दिनुभएको छ।यसरी आफुले मेहनत गरेको कमाई बाट सहयोग गर्दा बेग्लै आनन्द आउने दाहाल बताउनु हुन्छ।
दाहालको पिता जनयुद्धमा सहिद हुनुभयो घरमा बुढि बज्यै आमा भाइ श्रीमती र उहाँको छोरी हुनुहुन्छ।बैजनाथ ५ जि गाउँ निवासी दाहाल पछिल्लो चरणमा यस्ताखाले धेरै सहयोग गर्दै आउनु भएको छ । असार १४ मा छोरीको जन्मदिनको अवसरमा १० हजार बराबरको खाद्यान्न आफ्नै वडामा रहेका दैनिक ज्यालादारी गरेर घरको चुल्हो बाल्ने ती घरमा यो असारे झरीको बेला ९ घर परिवारलाई खाद्यान्न हस्तान्तरण गर्नुभएको छ। ती बस्तिका गाईने बाजे बाबुको सबैकुरा भगवानले पुरा गरुन् हाम्रो घरमा जसरी खुशी ल्याईदिनुभएको छ त्यो खुशी तपाईंको परिवारलाई मिलोस भनेर शुभ आशीर्वाद दिनुभयो । शुभ कार्य गर्न कुनै होटेल बारको आवश्यकता हुँदैन मान्छेको मन हुनपर्यो सबैभन्दा पहिला त्यसपछि अन्य काम हुन्छन् भन्नुहुन्छ। अब तपाईं हामी समाजमा यसरी नै केही सिक्ने कि फजुल खर्च नगरेर यसरी कसैको चुल्हो बाल्न सके धेरै राम्रो हुनेछ।