१३ जेठ, कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरले जवरजस्ती करणी मुद्धामा नेपाली काँग्रेस कोहलपुरका नेता निम बहादुर चलाउने (निरज) लाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वडा नं. १० का पुर्व वडाध्यक्ष समेत रहेका चलाउनेलाई शुक्रबार पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख ऐन बहादुर मल्लले पुष्टि गरेका छन ।
चलाउनेलाई पक्राउ गरी हिरासतमा राखीएको र थप अनुसन्धानकालागि जिल्ला अदालत बाँकेबाट ५ दिन म्याद थप गरीएको मल्लले बताए । केही समय पहिले कोहलपुरकै एक महिलाले आफुमाथी जवरजस्ती करणी गरेको भन्दै चलाउने बिरुद्ध ईलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी दिएकी थिईन । जाहेरीकै आधारमा कोहलपुर प्रहरीले शुक्रबार चलाउनेलाई पक्राउ गरेको हो। ईलाका प्रहरी कोहलपुरले पूरा प्रमाण नपुगेको भन्दै मुद्वा दर्ता नै गरेको थिएन तर अन्तत:महिलाले पत्रकार सम्मेलन गरेर सबै बिवरण सार्बजनिक गरिन।अन्ततः ईलाका प्रहरी कोहलपुरले महिलाको मुद्वा दर्ता गरेर चलाउनेलाई पक्राउ गरेर अदालतमा पेश गराउने ईलाका प्रहरी प्रमुख मल्लले बताए ।अब प्रहरीले पक्राउ गरे लगतै आफुले न्याय पाउने महिलाको दाबी छ। यतिकैमा के ती महिलाले न्याय पाउछीन् त ..? चलाउने नेपाली काङ्ग्रेसका युवा नेता समेत हुन अहिले बाँकेका अधिकांश स्थानीय तहमा नेपाली काङ्ग्रेसको सरकार छ!