Sunday, November 24, 2024
spot_imgspot_img
HomeUncategorizedजाजरकोट ५ बर्षभित्र बालमैत्री घोषणा गर्न अन्तरक्रीया सम्पन्न

जाजरकोट ५ बर्षभित्र बालमैत्री घोषणा गर्न अन्तरक्रीया सम्पन्न

जाजरकोट:जाजरकोट जिल्ला समन्वय सभाहलमा जिल्ला प्रशासन कार्यालय जाजरकोटको आयोजना प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेको अध्यक्षतामा शुक्रवार “बालविवाह बालश्रम तथा बाल बालिकामाथि हुने हिंसा सामाजिक र कानुनी अपराध हुन्” बालविवाह,बालश्रम,बाल बालिका माथि हुने हिंसा अन्त्यका लागी सरोकारवालाहरुको भुमिका बिषयक अन्तरक्रीया कार्यक्रम सप्पन्न भएको छ।

शुक्रबार भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जिल्ला समन्वय प्रमुख जाजरकोटका स्थानीयतहका जनप्रतिनिधिहरु जिल्ला प्रहरी प्रमुख नागरिक समाजका अगुवा पत्रकार प्रतिनिधि लगाएत जिल्लामा सक्रिय विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको हो।

कार्यक्रममा सहकार्य सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र बिकास परियोजनाले गरेका थिए भने जिल्ला लाई बालविवाह मुक्त बाल हिंसा मुक्त बालश्रम मुक्त सन् २०२७ सम्म जिल्लालाई घोषणा गर्नेगरी विभिन्न सरोकारवाला निकाय जनप्रतिनिधि सुरक्षा निकाय पत्रकार नागरिक समाज संघ संस्थाका प्रमुख राजनैतिक दलका प्रतिनिधि लगाएतले सयुक्त रूपमा घोषणापत्रमा हस्ताक्षर गरेको पहाडी क्षेत्र बिकास दोश्रो परियोजना कोर्डिनेटर जितेन्द्र बुढाले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments