Thursday, November 21, 2024
spot_imgspot_img
Homeराष्ट्रियजातीय र लैङ्गिक विभेद विरुद्ध राष्ट्रव्यापी अभियान घोषणा गर्दै ” दलित महिला...

जातीय र लैङ्गिक विभेद विरुद्ध राष्ट्रव्यापी अभियान घोषणा गर्दै ” दलित महिला सङ्गठन ” गठन

बुटवल

जातीय छुवाछूत , विभेद र लैङ्गिक हिंसा विरुद्ध देशव्यापी रूपमा अभियान सञ्चालन गर्ने उद्देश्य सहित दलित महिला सङ्गठन घोषणा भएको छ ।

प्रदेशको प्रतिनिधित्व गर्दै ७ प्रदेशको प्रतिनिधि मुलुक अन्तरक्रिया तथा भेला कार्यक्रममा ३० जिल्लाका सामाजिक क्षेत्रमा क्रियाशील महिला दिदिबहिनीहरुको सहभागिता थियो ।

सञ्चारकर्मी तथा महिला अधिकारकर्मी सरु सुनारको अध्यक्षतामा बुटवलको होटल मेरि गोल्डमा असोज ९ र १० गते छलफल तथा अन्तरक्रिया भएको थियो । दलित महिला तेहोरो शोषण र उत्पीडनमा परेको र दलित महिलाका मुद्दा महिला आन्दोलनले महिलाको मुद्दा भनी स्वीकार नगर्ने र दलित भित्र पनि सबैभन्दा बढी जातीय छुवाछूत र विभेद र हिंसा दलित महिलाले नै भोग्नु परेको तर दलित महिलाको मुद्दामा विभिन्न सङ्घसंस्था मौन रहेको भन्दै सञ्चारकर्मी सरु सुनारले दलित महिला संगठित हुनुको विकल्प नरहेको बताइन् ।

महिला आरक्षणको नाममा हुनेखाने र उपल्लो समुदायको महिलाको रजाइँ र महिलाको प्रतिनिधित्व अनिवार्य भएको ठाउँमा दलित महिलाले स्थान नपाएको भन्दै विभिन्न सबैधानिक आयोगमा महिलाको प्रतिनिधित्व हुँदा दलित महिलाको नभएको भन्दै दलित महिला माथिका हत्या , बला’त्कार र हिंसा चरम हुँदा पनि दलित महिला भएकै कारण न्याय नपाएको कारण यो अभियान सुरु गर्न बाध्य भएको बताइन् ।

विभिन्न जिल्लाबाट आएका क्रियाशील महिलाहरूले अब आफ्नो मुक्ति र हिंसाको लडाइ लड्नै पर्ने बताएका थिए । गुल्मीको प्रतिनिधित्व गर्दै अधिकारकर्मी सीता बिक र माया बरालले विभिन्न संघ संस्था र राज्यले दलित महिलाको लागि लगानी गरेको भनेर देखाए जस्तो गरे पनि दलित महिलाका समस्या र गरिबीमा कुनै फरक नआएको बताए ।

बर्दियाको प्रतिनिधित्व गर्दै हिरा विश्वकर्मा भन्छिन् दलित महिला भएकै कारण हामीले हामीसँग क्षमता हुँदा पनि अवसर नपाएको साथै जातीय विभेद र सामाजिक हिंसाको विरुद्ध गैर दलित महिलाले साथ दिनु पर्ने र उनीहरूको सोच बदलिन जरुरी भएको बताइन् ।
नबरपुरबाट प्रतिनिधित्व गर्दै रत्ना बराइली भन्छिन् दलित महिलाको नेतृत्व अहिले पनि सजिलै उच्च समुदाय भनिनेहरूले स्वीकार गर्न सक्दैनन् ।

हुम्लाको प्रतिनिधित्व गरेकी प्रमीला नेपाली भन्छिन् । दूर दराज र विकट जिल्लामा दलित महिलाले भोगेको पीडा अहिलेसम्म केन्द्रमा समेत पुग्न नसकेको भन्दै दलित महिलालाई आर्थिक रूपमा समृद्ध बनाउन जरुरी भएको बताइन्

विभिन्न जिल्ला र प्रदेशको प्रतिनिधित्व गर्दै आएका दलित महिलाहरूले आफ्नो आफ्नो जिल्लाको रिपोर्टिङमा दलित महिला माथिको हिंसा यो बोलेर र व्याख्या गरेर शब्दमा बयान गर्न नसकिने बताएका छन् ।

दुई दिनको भेलाले सरु सुनारलाई सर्वसम्मत यो अभियान संयोजकको रूपमा घोषणा गरेको थियो । ७ प्रदेशका इन्चार्ज सहित केन्द्रीय समिति घोषणा भएको सरु सुनारले जानकारी दिएकी छिन । विभिन्न संघ संस्था खोलिए पनि दलित महिलाका घटनामा प्रत्यक्ष फिल्डमा पुग्न कोहि नचाहेको भन्दै यो अभियानले दलित महिला मुद्दा लाई सशक्त रूपमा उठाउने बताएकी छिन् । गत भदौ ४ गते कालिकोटमा दलित बालिका निरु विकको बलात्कार पछि हत्या हुँदा दलित अधिकारकर्मीको मौनता र अन्य समुदायको कुनै चासो नदेखाएको भन्दै अब आफ्नो सगठन छिटै कालिकोट पुग्ने समेत बताइन् । थाहा अनलाईन डटकमबाट

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments