Thursday, December 5, 2024
spot_imgspot_img
HomeUncategorizedजानकीको बजेट:रु.५९ करोड ५३लाख ५९ हजार,जग्गा प्लटिङ्ग रोकको नीति पारीत

जानकीको बजेट:रु.५९ करोड ५३लाख ५९ हजार,जग्गा प्लटिङ्ग रोकको नीति पारीत

बैजनाथ सम्बादाता जानकी

बाँके जिल्लाको जानकी गाउँपालिकाले शुक्रबार गाउँपालिकाको सभाहलमा गाउँपालिका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा बसेको गाउँ सभाले आर्थिक बर्ष २०७९/८० को बजेट पारित गरेको छ।
बिपन्न तथा गरिब परिवारलाई खाद्य संकट मुक्त गराउने अव्यवस्थित शहरीकरणलाई ब्यवस्थापन गर्ने अव्यवस्थित जग्गा प्लटिङ्ग रोक्का गरि भु उपयोग नीति र योजनाको आधारमा जमिनको उपयोग गर्ने ग्रामीण सडकलाई तोकिएको मापदण्ड अनुसार फराकिलो र ब्यवस्थित गरि हरित सडकको रूपमा बिकास गर्ने ।त्यसैगरी कृषि आधुनिकीकरण गरि गरिबी तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गरि आत्मनिर्भर गाउँको निर्माण गरेर सार्बजनिक जग्गाहरुको संरक्षण गर्ने जस्ता लोकप्रिय नीति ल्याएको छ।
आर्थिक बर्ष २०७९/८० को जानकी गाउँपालिकाको बजेट तपशिल अनुसारको रहेको छ।
आर्थिक बिकास तर्फ
क)कृषि शाखा : ३५,००,०००/-(पैतीस लाख)
ख)पशु शाखा :३५,००,०००/-(पैतीस लाख)
ग)सहकारी शाखा: ५,००,०००/-(पाच लाख)
जम्मा :७५०००००/-(पचहत्तर लाख)

२. सामाजिक बिकास तर्फ
क)शिक्षा शखा :रु.९०,००,०००/-(नब्बे लाख)
ख) महिला तथा बालबालिका शाखा:रु.१५,००,०००/-(प्रन्ध्र लाख)
ग)स्वस्थ्य शाखा:६०,००,०००/-(साठी लाख) जम्मा :रु.१,६५,००,०००/-(एक करोड पैसठी लाख)

३.पूवाधारा बिकास तर्फ
क)गाउँपालिका स्तरीय योजना:रु.१६,५५,५९,०००/-(सोह्र करोड पचन्न लाख उन्नसाठी हजार )
ख)वडा स्तरीय योजना:रु.४,३०,००,०००/-(चार करोड तीस लाख) जम्मा :रु.२०,९०,५९,०००/-(बीस करोड नब्बे लाख उन्नसाठि हजार )
४.वन वातावरण तथा विपत व्यवस्थापन तर्फ:रु.१०,००,०००/-(दश लाख/-(बीस लाख)
सुशासन तथा संस्थागत क्षमता विकाश तर्फ
क) गाउँपालिका चालू:रु.९,२५,०००००/-(नौ करोड पच्चीस लाख)
ख) वडा स्तरीय चालू:रु.६०,००,०००/-(साठि लाख)
ग) लक्षित कार्यक्रम:रु.५०,००,०००/-(पचास लाख)
घ) न्यायीक समिति २५,००,०००/-(पच्चीस लाख)
ङ) कर्मचारी कल्याण कोष:रु.२०,००,०००/-(बीस लाख)
कुल जम्मा जानकी गाउँपालिकाको बजेट:रु.५९ करोड ५३ लाख ५९ हजार गाउँ सभामा उपाध्यक्ष रामप्यारी यादबले भाषण गरेको आर्थिक बर्ष २०७९/८० को बजेट गाउँ सभा द्वारा पारित गरिएको छ।
उपाध्यक्ष यादवले योजना तर्जुमा गर्न सहयोग गर्ने वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु,गाउँ सभाका सदस्यहरु लगाएत सहयोग गर्ने कर्मचारी संन्चारकर्मी गाउँपालिका बासी सबैलाई धन्यवाद व्यक्त गर्दै गर्नुभएको थियो।

कार्यक्रमलाई समापन गर्दै गाउँपालिका अध्यक्ष छब्बन खाँ ले सम्पुर्ण बजेट स्थानीय नागरिकहरुको हकहितमा भएको बिगत ५ बर्षमा हुन नसकेको बिकाश आफू नेतृत्वको स्थानीय सरकारले गरेर देखाउने बताउनु भयो। जो कुनै कर्मचारी र जनप्रतिनिधिले कुनै पनि किसिमको शुल्क अतिरिक्त लिएमा सिधा अध्यक्षलाई कल गर्न अनुरोध गर्दै लगाईएका सम्पुर्ण करमा ५०% छुट को ब्यवस्था गरेर जानकी गाउँपालिकालाई औद्योगिक हब बनाउने र सबै उद्योगहरुमा अनिवार्य स्थानीय नागरिकलाई रोजगारी दिने ब्यवस्था गर्ने प्रतिबद्धता जाहेर गर्दै गाउँ सभाको समापन गर्नुभएको जानकी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बस बहादुर रानाले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments