बाँकेको जानकी गाउँपालिकाले मंगलबारदेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नागरिकको सेवाका लागि भन्दै गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।
जानकी गाउँपालिकाका कार्यबाहक अध्यक्ष भूमिसरा धितालले मंगलबार आयोजित कार्यक्रममा विधिवत रुपमा पुजाआजा गरी एम्बुलेन्स सेवाको उदघाटन गर्दै एम्बुलेन्स नपाएरै स्थानीयले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको बताइन् ।कार्यबाहक अध्यक्ष धितालले स्थानीय नागरिकले जटिल प्रकारका बिरामी हुँदा बेहोर्नुपर्ने समस्याबाट मुक्ति पाउन् भन्नका लागि गाउँपालिकाले एम्वुलेन्स खरिद गरेको बताउँदै भनिन्, ‘अब नागरिकले सजिलै एम्बुलेन्स सेवा पाउनेछन् ।’
हाल गाउँपालिकाका स्थानीय नागरिकहरु अन्य संस्थाहरुले सञ्चालन गरेका एम्बुलेन्स र नीति गाडीहरु महङ्गोमा भाडामा लिएर सेवा लिन बाध्य भएकोमा अब त्यस्तो बाध्यता नरहने जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रानाले बताए ।