बाँके । बाँकेकाे नेपालगन्जमा बजार अनुगमनका क्रममा म्याद गुज्रेका अखाद्य सामग्री तथा पेय पद्वार्थ र अवैध सुर्तिजन्य पद्वार्थ नष्ट गरीएको जिल्ला प्रशासन बाँकेले जानकारी दिएको छ।
मंगलबार बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङको नेतृत्वमा सरोकारवाला निकायहरु सहितको टाेलीले गरेकाे बजार अनुगमनको क्रममा रु १७ हजार ७० मुल्यको म्याद गुज्रेका अखाद्य सामग्री तथा पेय पद्वार्थ र रु ३०हजार ५ सय ९८ मुल्यको अवैध सुर्तिजन्य पद्वार्थ नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले जानकारी दिनुभएको छ ।
अनुगमन टाेलिले जमुनाह देखि बिपि चौक सम्मका विभिन्न ५३ वटा पसलको अनुगमन गरेकाे थियाे। अनुगमन टाेलिले उपभोक्ता हित बिपरितका गतिबिधी गर्ने ३ पसललाई जनही रु १० हजारका दरले जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेले जानकारी दिनुभयाे ।