बैजनाथ सम्बादाता
जाजरकोट १८ चैत
जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिका शिक्षा शाखाले मंगलबार सूचना जारी गरेर जुनिचाँदे गाउँपालिका भित्र स्थानीय सरकारको मातहतमा रहेका सम्पुर्ण बिद्यालयहरुलाई खुल्ला राख्न सूचना मार्फत जानकारी गराएको छ। आफ्नो स्थानीय स्तरमा वायु पदूषण नभएको र कोभीड १९ का कारण लामो समय बिद्यालय बन्द भएकोले हाल नेपाल सरकार शिक्षा मन्त्रालयले सूचना जारी गरेतापनी आफ्नो क्षेत्रमा त्यस्तो खालको प्रभाव नभएकोले पुर्ण रूपमा बिद्यालय खोल्ने निर्णय गरिएको जुनिचाँदे गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार शाही द्वारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख गरिएको छ।