बैजनाथ सम्बादाता
बाँके जिल्ला कोहलपुरका प्रहरी प्रमुख डिएसपी ऐन बहादुर मल्लले पत्रकार सम्मेलन गरेर भे ७ प ८६७७ को मोटरसाइकलमा सवार २ जना ३ केजि ८०० ग्राम अफिम सहित पक्राउ परेका छन् ।
बैजनाथ गाउँपालिका १ चिसापानी नेपाली सेनाको ब्यारेक अन्तर्गत रहेको नेपाली सेनाले चेकिङ्ग गर्ने क्रममा छिन्चु नेपालगन्ज आउदै गरेको भे ७ प ८६७७ नम्बरको मोटरसाईकलमा सवार जाजरकोट जिल्ला नलगाड नगरपालिका ३ बस्ने आईते रोकायको छोरा बर्ष २५ को गोपाल रोकाय र जाजरकोट जिल्ला नलगाड नगरपालिका ३ नम्बर वडा निवासी बर्ष २५ को लेखराज बिष्टलाई नेपाली सेना बाँके राष्ट्रिय निकुञ्ज र ईलाका प्रहरी कार्यालय बैजनाथ १ चिसापानीले चेकजाँच गर्दा ३ के जि ८०० ग्राम अबैध लागू औंषध अफिम दिउँसो करिब २:०० बजे कोहलपुर नगरपालिका १२ चप्परगौडि बाट मोटरसाइकल बेलुका ६:०० बजे नेपालगन्ज उप महानगरपालिका वडा नम्बर ४ बसपार्क बाट नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख ऐन बहादुर मल्लले जानकारी दिनुभयो ।
लागू औषधमा नियन्त्रणलाई लागू औषध नियन्त्रण ऐन २०३३ को दफा ४ (ङ)(च) ऐन र दफा अनुसार १४(छ)३ बमोजिम १५ बर्ष देखि जन्मकैद र ५ लाख देखि -२५ लाख रुपैयाँ जरिवानाको प्रावधान रहेको ईलाका प्रहरी कोहलपुर प्रमुख मल्लले जानकारी दिनुभयो ।