कोहलपुर १२ कार्तिक
कोहलपुर नगरपालिका २ मुक्त कमैया बस्ती (दिप नगर)निवासी कुशल थापा हाला ईलाका प्रहरी कार्यालय कोहलपुरको नियन्त्रणमा छन् ।
थापाले शुक्रबार राती आफ्नै नवजात शिशुलाई आफु सुत्ने कोठामा आफुसँग सुताएका थिए।राती अबेर सम्म पनि थापाले ढोका नखोलेपछि सिर्जना भएको परस्थितिका कारण सुरक्षा निकायलाई गुहार गरिएको थियो।
पटक पटक ढोका खोल्न अनुरोध गरेपनि थापाले ढोका नखोलेपछि ईलाका प्रहरी कार्यालय कोहलपुर बाट गएको प्रहरीले लठ्ठीको सहायताले काँचको झ्याल तोडेपछि झ्यालको काँचले ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तीवारीको हातमा चोट लागेको बैजनाथ राष्ट्रिय दैनिकका प्रतिनिधिको टिम स्थलगत रिपोर्टिङमा जाँदा थाहा भयो । थापाले खुकुरी प्रहार नगरेर झ्यालको सिसाले ईलाका प्रहरी कोहलपुर प्रमुख सुन्दर तीवारीको हातमा चोट लागेको प्रत्यक्ष दर्शी स्थानीयले बताए।
राती ८ बजेदेखि १२ बजेसम्म बन्दकोठामा रहेको नाबालक शिशुलाई बच्चाको आमालाई दिन नमानेपछि नेपाल प्रहरीले झ्याल तोडेको उद्वार गर्दा तीवारीको हातमा चोट लागेको हो ।स्थानीयका अनुसार प्रहरीलाई पनि देउता आएपछि धेरै बेरपछि शान्त गराउँदै बच्चा प्रहरीले नियन्त्रणमा लिएर आमालाई सुम्पिएको थियो। जमरा काट्न मन्दिरमा राखिएको आधा चक्कुको टुक्रा प्रहरीले लिएर गएको श्रीमती लक्ष्मी बिष्टले बताइन ।
कुशल थापाकी आमा तारा थापाले कुशललाई यस अघिपनि ८ बर्षको हुँदा यस्तै भएको र पुनः१३ बर्षको भएपछि पनि देउताको कारण यस्तो भएको बताइन । बिहिवार बेलुका पनि बिगतको जस्तै घटना कुशललाई देउताको छल भएको बताउछिन् ।
बैजनाथ राष्ट्रिय दैनिकको टिमले घटना बारे बाँके जिल्ला प्रहरी प्रमुख एस.पि.सुवास चन्द्र बोहरासंग प्रतिक्रिया लिदाँ प्रहरीले कुशल थापाको घरको झ्यालको सिसा फुटाउँदा आफ्नो बचाउको लागी झ्याल बाट बाहिर फालेको चक्कुको टुक्राले उद्वारका लागी खटिएका डि एस पि तीवारीलाई चोट लागेको जानकारी दिए।