खजुरा: नेपालगन्ज गुलरिया सडक खण्ड को खजुरा बजार स्थित सडक को ठाँउ ठाँउ मा भएको खाडल लाई खजुरा का युवा विकास प्रेमी एवं समाजसेबि खजुरा ४ का वडा अध्यक्ष तिलक सुनार ले प्रभु डेभलपमेन्ट बिल्डर प्रा.लि.विकास सापकोटा द्वारा आफ्नै लगानी मा नि शुल्क सडकको खाल्डा कालोपत्र गरेर मर्मत गरि नमुना काम गरेको बताए । उनले सडक डिभिजन कार्यालय नेपालगन्ज र सरकारले गर्नुपर्ने काम ब्यक्तिले गरेर सरकारलाई चुनौती थपिदिएका छन ,युवाहरु विकास निर्माण मा ईच्छा शक्ति राखेर काम गर्ने हुन्छन् भन्ने एउटा उत्कृष्ट उदाहरण दिन सफल भएका छन् । उक्त कार्य गर्दै गरेको देख्दा आफू हर्शित भएको र युवा पीडिलाई आफ्नो पुर्ण साथ सहयोग रहेको र रहने प्रतिबद्धता खजुरा गाउँपालिका ४ का युवा वडा अध्यक्ष तिलक वीर सुनार ले यो कार्य सरकार हो ,तर पनि युवा बिकास सापकोटा ले आफ्नै खर्चमा मर्मत सम्पन्न गरेर देखाइ दिएको मा अब यो देश लाई समृद्धि तिर लैजान युवा शक्ति को खांचो रहेकोको उदाहरण देखीएको कुरा जानकारी गराउदै धन्यवाद समेत दिएका छ्न्।खजुरा ४ का वडा अध्यक्ष एवं समाजसेवामा अग्रपंक्तिमा रहेर काम गर्ने खेलप्रेमी विकासप्रेमी खजुराका उदाउँदो तारा मिलनसार दिन दुखी हरुका दयालु तथा हरेक जनताको मनमा बस्न सफल लोकप्रिय जनप्रतिनिधि तिलक बिर सुनार ले निर्माण कम्पनी प्रभु डेवलपमेन्ट का संचालक खजुराका स्थानीय समाजसेवी युवा तथा सफल ब्यवसायी बिकाश सापकोटा लाई हृदय देखी धन्यवाद ब्यक्त गरेका छन्।जसरी निर्माण कम्पनी एउटा कमाई खाने मात्र नभएर अन्य निर्माण ब्यवसायीहरुका लागी सापकोटा एउटा ज्वलन्त उदाहरण बनेका छन् ।त्यसैले त खजुराको विकाश र समृद्धिमा थप सहयोग पुग्ने गर्छ । नमूना योग्य सरकारले गर्ने काम एउटा ब्यक्तिले बिकास गरेर आफ्नो गाउँ आफै बनाउ को उदाहरण समेत दिन सफल भएकोमा खजुरेली जनता का अति लोकप्रिय जनप्रतिनिधि द्वारा धन्यवाद मात्र हैन यसरी काम गर्ने र स्थानीय सरकार को सहयोग गर्ने युवा समाजसेवी लाई स्थानीय सरकारले सम्मान गर्छ त हेर्न बाँकी छ ?