काठमाडौं । डोल्पाको दुई गाउँमालिकामा नेकपा एकीकृत समाजवादीबाट अध्यक्षका उम्मेदवार निर्विरोध भएका छन् ।
काइके गाउँपालिका र छार्का तोङसोङ गाउँपालिकामा एकीकृत समाजावदीका अध्यक्ष निर्विरोध भएको एकीकृत समाजवादीले जानकारी दिएको छ । समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका अनुसार काइके गाउँपालिमा अङ्गत राना र छार्का ताम्सोङ गाउँपालिमा सेनाङ गुरुङ अध्यक्ष पदमा निर्विरोध भएका हुन् ।
त्यसैगरी डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा पेमा दोर्जेस निर्विरोध भएका छन् भने ६ वटा वडामा अध्यक्षसहित सेटै एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध भएको ज्वालाले जानकारी दिए ।
निर्विरोध भएका उम्मेदवारको नाम निर्वाचन आयोगले आधिकारिक रुपमा सार्वजनिक गरेको छैन । भर्खरै मनोनयन सकिएकाले केहीबेरमा आयोगले सार्वजनिक गर्दैछ ।