कोहलपुर १७ कार्तिक
बाँकेको राप्तेसोनारी गाउँपालिका ९ ढकेरीमा मंगलबार दुर्घटना न्यूनीकरण सम्बन्धि ट्राफिक संचेतना कार्यक्रम अन्तर्गत पैदल यात्री सडक सुरक्षा सम्पन्न भएको छ ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट सम्शेरगज बाँके प्रहरी चौकी ढकेरी,समुदायिक प्रहरी सेवा केन्द्र कोहलपुरको आयोजनामा संचालन गरिएको राप्तीसोनारी गाउँपालिका वडा न ९ का वडाध्यक्ष महावीर वलीको प्रमुख आथित्यतामा भएको अन्तरक्रिया कार्यक्रममा
सडकमा हिड्ने पैदल यात्री कसरी सुरक्षित हुन सकिन्छ र सरोकारवालाको के भुमिका रहन सक्छ भन्ने विषयमा छ्लफल गरिएको थियोे । त्यस्तै राप्ती सोनारी ९ का वडा सदस्य पुर्ण बहादुर वलीको संयोजकत्वमा ९ सदस्यीय पैदल यात्री सडक दुर्घटना न्यूनीकरण समिति
गठन गरिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक होम प्रकाश चौधरीको सभापतित्वमा भएको कार्यक्रममा राजनीतिदल,जनप्रतिनिधि ,शिक्षक, सर्वसाधारण , व्यापारी , प्रहरी लगायतको सहभागिता रहेकोे थियोे ।