Friday, November 22, 2024
spot_imgspot_img
Homeबिबिधढकेरीमा २ महिना कटाइ सिलाइ तालिम सुरु

ढकेरीमा २ महिना कटाइ सिलाइ तालिम सुरु

 

कबिन्द्र परियार कोहलपुर ३ वैशाख

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न ९” ढकेरीमा शुक्रबार देखि २ महिने कटाई सिलाइ तालिम सुरु भएको छ । गरिबी निवारणका लागि लघु उद्दम विकास (मेड्पा ) अन्तर्गत सुरु भएको तालिमको राप्ती सोनारी गाउँपालिका वडा न ९ का कार्यवाहक वडाध्यक्ष पुर्ण बहादुर वलीले उद्घाटन गरेका हुन । कार्यक्रम बोल्दै वलीले तालिममा सिकेको सीप लाई प्रयोग गरेर उद्दमी बन्नुपर्नेमा जोड दिए । त्यस्तै उनले सिपले मानिसलाइ आत्मनिर्भर बन्न सहयोग पुग्ने बताउदै तालीम पछि उद्द्मी बन्न तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सिह दरबार काठमाडौको सहयोग तथा राप्तीसोनारी गाउँ पालिकाको आयोजनामा संचालन गरिएको तालिममा बोल्दै नेपाली काँग्रेस राप्तीसोनारीका सहसंयोजक सिरधर उपाध्यायले सीप सिकेर आत्म निर्भर बन्न चाहाने महिलाहरूका लागि सुनौलो अवसर भएकोले दत्तचित्त भएर तालिममा सहभागी हुन आग्रह गरे ।
संस्थाकी उद्द्म विकास सहजकर्ता त्रिशुला बुढाथोकीले कार्यक्रमको लक्ष्य उद्देश्य माथि प्रकाश पार्दै कार्यक्रमले लघु उद्द्मीलाइ टेवा पुग्ने बताउदै निम्न वर्गका माहिलाहरुलाइ यो कार्यक्रमले निकै सहयोग पुग्ने बताइन् ।

तालीमको प्रशिक्षक सरस्वती जैशीले प्रशिक्षण गरिरहेकि छिन ।
कार्यक्रममा समाजसेवी शेर बहादुर केसी पत्रकार कविन्द्र परियार लगायतले आफ्ना भनाइ राखेका थिए तालीममा ११ जना महिलाहरुको सहभागीता रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments