Monday, November 25, 2024
spot_imgspot_img
HomeUncategorizedतीन जिल्लालाई बरदान साबित हुँदै मिशन अस्पताल

तीन जिल्लालाई बरदान साबित हुँदै मिशन अस्पताल

रुकुम पश्चिम:चौरजहारी नगरपालिका स्थित रहेको मिशन अस्पताल चौरजहारीले यो आर्थिक बर्ष साउन महिना देखि हालसम्म कुल ६० हजार बिरामीहरुलाई सेवा दिन सफल भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

पश्चिम उत्तर नेपालको उत्तर जाजरकोट,रुकुम पश्चिम,सल्यान र डाेल्पा लगाएत जिल्लाका बिरामीहरुलाई चौरजहारी मिशन अस्पताल बरदान साबित भएको छ।मिशन अस्पताल चौरजहारीले नयाँ प्रबिधि सँगै नयाँ उपचार बिधि नयाँ मेसिन भित्र्याउन सफल भएको छ।दुर्घटना स्थल बाट बिरामीलाई अस्पताल सम्म पुर्याउँदा बाटोमै मृत्यु भएर ज्यान गुमाउनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै स्थानीय नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने उदेश्यका साथ दुर्घटनामा परी घाईते बिरामीलाई बचाउन विशेष सुबिधा सहित को एम्बुलेन्स अस्पतालले भित्र्याउन सम्पुर्ण प्रक्रिया पुरा गरेको अस्पताल प्रशासन प्रमुख डिल बहादुर गीरीले जानकारी दिनुभयो ।

गीरीका अनुसार पहाडी क्षेत्रमा सडक दुर्घटना र भिर बाट लडेरका बिरामीलाई सहज सुलभ छिटो छरीतो उपचार दिन अक्सिजन सहित चिकित्सक दुर्घटना स्थलमै पुगेर उपचार गर्न सहज हुने छ । नागरिकको उपचार ढिलाईका कारण ज्यान गुमाउन पर्ने छैन। बि क्लासको एम्बुलेन्स सुचारु भएपछि गाउँटाेल र दुर्घटना स्थलमा अक्सिजन र उपचार सामाग्री सहित  एम्बुलेन्स संचालन भएपछि स्थानीय नागरिकलाई उपचार सेवा लिन सहज हुने उहाँले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments