नेपालगन्ज : थारु कल्याणकारिणी कोहलपुर नगर सभापति बुधवार कोहलपुरमा गठन गरिएको छ । थारु कल्याणकारिणी सभा बाँकेको सभापति विनोद थारुको प्रमुख आतिथ्यतामा कोहलपुर नगर कमिटि गठन गरिएको हो । ११ जना कार्यसमिति गठन गरिएको कमिटिको सभापतिमा कुरकुटुवा थारु सर्वसम्मत चयन हुनुभएको छ । यस्तै उपसभापतिमा चिनका थारु रहनुभएको छ ।
यस्तै सचिवमा सन्तकुमार थारु, सहसचिवमा सर्ज प्रसाद थारु, कोषाध्यक्षमा रंजिता चौधरी सर्वसम्मत चयन हुनुभएको छ । यस्तै नगरसभा कमिटिको सदस्यमा जगननाथ थारु, राजेश थारु, चेतराम थारु, मनोज कुमार थारु, ठग्गा थारु र बजारी थारु रहनुभएको छ ।