सुर्खेत : नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाल दलित मुक्ति मोर्चा कर्णाली प्रदेशको अध्यक्षमा पार्वती विक मनोनित भएकी छन् । मंगलबार केन्द्रीय समितिको बैठकले विकलाई कर्णाली प्रदेश कमिटीको अध्यक्षमा मनोनित गरेको हो । विक युद्धदेखि नै माओवादी केन्द्रको सक्रिय राजनीतिमा छन् । माओवादी भित्र शान्ता भनेर चिनिने गरेकी छन् ।