Friday, November 22, 2024
spot_imgspot_img
HomeUncategorizedदलित समुदायको न्यायका लागी पुर्व पश्चिम साइकल यात्रा

दलित समुदायको न्यायका लागी पुर्व पश्चिम साइकल यात्रा

कोहलपुर बाँके

दलित समुदाय माथी हुने सबै प्रकारका भेदभाव अन्त्य हुनुपर्ने माग राख्दै दलित महिला पत्रकारहरु पुर्व पश्चिम साइकल यात्रामा छ्न । रेडियो नेपालकी पत्रकार रीता बुढाथोकी राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेश सदस्य ईन्दिरा बिश्वकर्मा र राष्ट्रिय दलित पत्रकार संघ अर्घाखाँची सदस्य संगीता नेपालीलाइ वैशाख ६ गतेदेखि साइकल यात्रा छ्न । यात्राको क्रममा उनीहरू
शुक्रबार बेलुका बाँकेको कोहलपुर आईपुगेको हुन ।
शुक्रबार बेलुका कोहलपुर आईपुगेका थिए। उनीहरू लाइ शनिबार बिहान रेडियो प्रतिबोध एफएम समाजसेवी पुजन बिश्वकर्मा दलित सेवा संघका पदाधिकारी राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा बाँकेका पदाधिकारी लगाएत दलित अधिकारकर्मीहरु द्वारा स्वागत गरीएको गरेका छ्न ।
शनिबार बिहान बैजनाथ राष्ट्रिय दैनिक कोहलपुर एजुकेसन सेन्टरका प्रतिनिधि जिल्ला ट्राफिक बाँके द्वारा कोहलपुर देखि राप्तीसोनारी ८ सम्सेरगंज बाँके राष्ट्रिय निकुञ्जको क्षेत्र ओभरी देखि अगैया कुसुम सम्म सडक सुरक्षाकर्मीको स्कटिङमा पठाइएको छ ।
परफेक्ट होटेल शम्सेरगंज र उद्योग बाणिज्य संघ राप्ती सोनारी अध्यक्ष टिकाराम डुङ्गानाले सम्सेरगंज ओभरी सम्म पुगेर राष्ट्रिय दलित पत्रकार संघ बाँके अध्यक्ष कबिन्द्र परीयार र राप्तीसोनारी उद्योग बाणिज्य संघ अध्यक्ष डुङ्गानाले सयुक्त रूपमा स्वागत एवं यात्रा सफलताको शुभकामना ब्यक्त गर्दै बिदाई गरिएको परियारले जानकारी दिए।
दलित सामुदायले नेपालको संबिधानमा ग्यारेन्टी गरेको कुरा समेत कार्यान्वयन नभएकोले संबिधानले ग्यारेन्टी गरेको कुरा लागु गराउन नेपाल सरकारलाई यात्रा सम्पन्न पश्चात ध्यानाकर्षण पत्र बुझाउने उदेश्य रहेको यात्री बुढाथोकीले बताइ्न
महाकाली मेचि यात्रा मात्र नभएर दलित गाउँ बस्तीमा पुगेर भोग्नुपरेको पिडालाई पत्रकारीता मार्फत बाहिर ल्याउने र समावेशीको नारालाई साकार गर्न सम्पुर्ण नेपाल दलित सामुदाय एकजुट भएर सबै दलित सामुदायको प्रतिनिधित्व गर्दै महाकाली मेचि यात्रा गरेका ती महान महिला पत्रकारलाई ईतिहासले साँच्चिकै सम्झने अगुवाहरु बताउछ्न ।
भुईमान्छेका कुरा सारा नेपालीको सामु पुग्ने ति पिल्सिएका कयौं बर्षदेखि दबिएर बसेका आवाज बुलन्द हुने आशा गरिएको छ भने ,नेपाली संचारमा जनता छुवाछूत बाट पिल्सिएका कामको आधारमा अछुत भएका तिनैले बनाएका मुर्ती मन्दिर भित्र पुजा गरीदा डाेल्पा जस्तो माओवादी जनयुद्धको उर्भर भुमिका दलित अहिलेपनि मन्दीर प्रवेश गर्न नपाएका घटनाहरु बाहिर आउने विश्वास गरिएको छ । ,

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments