फागुन ८ गते २०७८
नेपालगन्ज /अन्तर्राष्ट्रिय बजारमा पेट्रोलमा ५.६१ र डिजेलमा ५.६२ रुपैयाले पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि भएको भन्दै नेपाल आयल निगमले पेट्रोल र डिजलमा शनिबार फागुन ७ गते राती १२ बजे देखि लागू हुने गरि नयाँ दर भाउ कायम गरेको छ । १५ दिनमा २ अर्ब ४० करोड घाटा हुने भन्दै पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली २०७१ अनुसार मूल्य बृद्धि गरिएको आयल निगमले बताएको छ । नयाँ मूल्य समायोजन गर्दा पनि एलपि ग्यासमा रु ५ सय ६०.७४ पैसा घाटा कायमै रहेकाले आयल निगम लाई २ अर्ब १५ करोड घाटा कायमै रहने समेत उल्लेख छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध चौतर्फी आन्दोलन र विरोध भईरहँदा माघ १८ गते भएको मूल्यबृद्धि भन्दा फागुन ७ गते राती १२ बजे देखि लागू भएको पेट्रोलियम पदार्थको नयाँ दर रेट छिमेकी मुलुक भारतमा भन्दा पेट्रोल ५ रुपैया ६१ पैसा र डिजल ५रुपैया ६२ पैसा सस्तो नै छ ।नयाँ दर भाउ अनुसार पेट्रोल १सय ४५ र डिजल र मट्टितेल १ सय २८ कायम भएको छ ।