Monday, December 30, 2024
spot_imgspot_img
Homeस्थानीयदेब रावतको पक्षमा जि गाउँमा उर्लियो जनसागर

देब रावतको पक्षमा जि गाउँमा उर्लियो जनसागर

बैजनाथ सम्बादाता
बाँके बैजनाथ गाउँपालिका स्थानीय निर्वाचनमा माहोल तात्तिएको छ । शनिबार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सयुक्त गठबन्धनका बैजनाथ गाउँपालिका ५ वडा अध्यक्षका उम्मेदवार देब बहादुर रावतको पक्षमा उर्लियो जनसागर ।

घर दैलो कार्यक्रममा अध्यक्ष लगाएत सदस्यहरु नेता कार्यकर्ता युवा,कलाकार लगाएत स्थानीयहरुको बाक्लो उपस्थितिमा घर घरमा भोट माग्दै गएका उम्मेदवारहरुलाई आशीर्वादका साथै फुलमाला खादा अबिर घर घर बाट दशैंको झैं अबिर टिकाको थाली ल्याएर स्वागत सम्मान गरेको दृश्य स्पष्ट देखिन्थ्यो।स्थानीय शान्त विश्वकर्माले एबको वडा अध्यक्ष भनेको देब रावत नै भएको बताउनु भयो ।स्थानीय भन्छन् बिगतमा एमालेलाई भोट दिएकै हो त्यसैले अब परिवर्तन हुन्छ बिकाश हुन सकेन हामीले चाहेजती भएन। नयाँ काम केही भएन अबको भोट देब रावतलाई नै दिने हो यसो स्थानीयहरुको प्रतिक्रिया लिदा साच्चिकै जनताको मन मनमा बस्न सफल भएका छन् रावत यश कारण करि जितको नजिक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सयुक्त उम्मेदवार नै अन्यत्र उम्मेदवारहरुमाथी भारी देखिएका छन् ।

रावत भन्नुहुन्छ अब कसैले रोकेर रोकिदैन जित सुनिश्चित छ एक्लै निर्वाचनमा जाँदा नै गत निर्वाचनमा थोरै मतको फरक थियो अब यसपटक झनै मेरा राजनीतिक गुरु हामी सबैका अभिभावक आदरणीय ब्यक्तित्व दल बहादुर सुनार लगाएत बैजनाथ उद्योग बाणिज्य संघका अध्यक्ष जनार्दन पोख्रेल लगाएतका नेताहरुको साथ सहयोग र समर्थन छ त्यसैले आगामी ५ बर्षका लागि अमुल्य मत दिएर बिजय गराउन हुन सम्पुर्ण बैजनाथ ५ निवासी आमा बुवा दिदिबहिनी दाजुभाइहरुलाई अनुरोद गरेको भन्दै रावतले हार्दिक अपिल गर्नुभएको छ।

यसरी “अब चुनाव आयो है गाउँमा युगान्तलाई जिताऔं है यो ठाँउमा” भन्ने गितसँगै गुन्जायमानका साथ जललहर सयुक्त गठबन्धनको पक्षमा उर्लियो।
जनार्दन पोख्रेल भन्नुहुन्छ अब जनसागर उर्लियो । गठबन्धनका उम्मेदवारहरुको पक्षमा जित सुनिश्चित नै भैसक्यो भनेर बैजनाथ राष्ट्रिय दैनिकलाई बताउनुभयो ।

स्थानीय जनतालाई स्थानीय सरकार भएको अनुभूति हुने गरि हाम्रो सयुक्त गठबन्धनको सरकार बिजय बनाउनुहोस जनमुखी समाजवादको यात्रा अवश्य तय गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments