Thursday, November 21, 2024
spot_imgspot_img
Homeसमाजधम्बोजीमा श्रद्धाञ्जली तथा दिप प्रज्वलन

धम्बोजीमा श्रद्धाञ्जली तथा दिप प्रज्वलन

बाँके:रुकुम पश्चिम सोतीमा अन्तरजातीय प्रेम सम्बन्धका कारण जाजरकोटका नबराज बि क सहित ६ जनालाई बिभत्स हत्याको आरोपमा जिल्ला अदालत रुकुमले २३ जनालाई जन्मकैद फैसलाई स्वागत गर्दै श्रद्धाञ्जली तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
उक्त अदालतको फैसलामा अन्य २ जनालाई २-२ बर्ष कारागारको सजाय र नगत रु ५० हजार धरौटी सहित १९ गते अदालतले गरेको फैसलालाई स्वागत गर्दै दलित अगुवा मनोज जैगडिको अगुवाइमा बिहीवार नेपालगन्जको धम्बोजी चोकमा श्रद्धाञ्जली तथा दिप प्रज्वलग कार्यक्रम सम्पन्न भएको छ।
दिप प्रज्वलन कार्यक्रममा दलित अगुवा फेडाेका पदाधिकारी संचारकर्मी लगाएतको उपस्थितिमा धम्बोजी चोकमा नवराज बि क,टिकाराम सुनार,गनेश बुढा,लोकेन्द्र सुनार,सन्दिप बि क र गोबिन्द शाहीलाई बेरहिमसँग मारेर भेरीमा फालेको आरोपमा पुर्बपक्षमा रहेका २३ जनालाई रुकुम जिल्ला अदालतले जन्मकैद सजायको फैसला सुनाएको थियो।     अदालतको फैसलाकाई स्वागत गर्दै फैसला गर्ने न्यायाधीशप्रति उच्च ब्यक्त गर्दै कानुनले न्याय दिएकोले अझै पनि जातकै कारण प्रेम गरेका नवराज बि क जस्तै अब कसैले ज्यान गुमाउनु नपर्ने उल्लेख गर्दै । मृत आत्माहरुको शान्तीको लागी दिप प्रज्वलन कार्यक्रम गरिएको दलित अगुवा कृष्ण बि क ले जानकारी दिनुभयो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments