Friday, December 27, 2024
spot_imgspot_img
HomeUncategorizedनगर प्रमुख रावल द्वारा जनता प्राबिको बिशेष श्रोत कक्षा भवन उद्घाटन

नगर प्रमुख रावल द्वारा जनता प्राबिको बिशेष श्रोत कक्षा भवन उद्घाटन

जाजरकोट १८ माघ
जाजरकोट जिल्ला नलगाड नगरपालिका ४ स्थित श्री जनता प्राथमिक बिद्यालयका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष राममाया हमालको अध्यक्षतामा आवासीय विशेष श्रोत कक्षा संचालनका लागि नव निर्मित भवन प्रमुख अतिथि नगर प्रमुख टेक बहादुर रावलले भवन उद्घाटन गर्नुभएको छ।

उक्त कार्यक्रममा नगर उप प्रमुख बाल कुमारी बस्नेत प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंह नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य ईन्द्र प्रशाद शर्मा वडा नम्बर ४ का अध्यक्ष लक्ष्मि बहादुर रावल वडा नम्बर ५ का अध्यक्ष केशव प्रशाद शर्मा शिक्षा शाखा प्रमुख बलबिर बि क प्राथमिक अस्पताल दल्लीका प्रमुख तप्त बहादुर चनारा राष्ट्रिय लोक तथा दोहोरी प्रतीष्ठान का अध्यक्ष जय बहादुर रावल सन्चारकर्मी दिप बहादुर घर्ती मगर लगाएत बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी शिक्षक कर्मचारी अभिभावकहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा आगामी दिनहरुमा बिशेष श्रोत कक्षा संन्चालनका लागि स्थानीय सरकारले कार्यबिधी निर्माण गरेको बताउनुभयो।
साथै उक्त बिद्यालयमा अध्ययनरत फरक क्षमता तथा अपाङ्ग बिद्यार्थिको सहयोगको लागि १ लाख १ हजार १ सय ११ रुपैयाँ को अक्षय कोष स्थापना गर्नुभएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रावलले आफुले नगरभित्रका अपाङ्ग बिद्यार्थिहरु शिक्षाको ज्योती बाट बन्चित हुन नपरोस् भन्ने उदेश्यले नगरभित्र जनता प्राथमिक बिद्यालयलाई बिशेष श्रोत कक्षा संन्चालन गरिएको बताउनुभयो। सहयोग गर्ने सबैलाई धन्यवाद दिनुका साथै दीर्घकालीन सहयोग गर्न अक्षय काेष स्थापना गरेकोमा यस्को सिको अरुले गर्न जरुरी भएको र जति सक्यो आफ्नो खेतबारीमा उत्पादन तरकारी सिजन अनुसार फलफुल आवासीय बालबालिकालाई सहयोग गरेर अपनत्व लिन अनुरोध गर्नुभएको छ।सर्बाधिक सहयोग का साथै अक्षयकोष गर्ने प्रमुख प्रशासकीय अधिकृत सिंहलाई दोसल्ला फुलमाला द्वारा सम्मान गर्नुका साथै मायाको चिनो प्रधान गरिएको छ।

कार्यक्रमलाई समापन गर्दै बि ब्य स अध्यक्ष राममाया हमालले शुरूवातमा ६ जना बिद्यार्थि बाट शुरु गरेको हाल २४ जना नगरभित्रका अपाङ्ग बालबालिकालाई आवासीय सहितको ब्यवस्थापन गरेर शिक्षा दिन सफल भएको र यो प्रयासलाई प्रदेश सरकार र स्थानीय सरकारको आर्थिक सहयोगमा भवन निर्माण गरिएको र निरन्तर ब्यवस्थापन गर्न आर्थिक लाग्ने भएकोले सहयोग गर्ने लाई धन्यवाद दिनुका साथै आगामी दिनहरुमा निरन्तर सहयोगका लागि अपिल गर्दै कार्यक्रम समापन गर्नुभएको लोकेन्द्र बिक्रम शाहिले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments