नरैनापुर सम्बादाता
सोमबार २३ चैत
बाँकेको नरैनापुर गाउँपालिका ४ खोदवामा शनिबार भएको भीषणआगलागी बाट पीडित १२० घर परिवारलाई वाइसीएल नेपाल बाँके जिल्लाको नेतृत्व र अव्यवस्थित, भुमिहिन , सुकुमबासी संघर्ष समिती कोहलपुर नगरपालिका ११ शान्तिनगरको सहकार्यमा आगलागी पीडित लाई करिब १ लाख बराबरको सहयोग प्रति परिवार लाई झुल-१ थान,तन्ना -२ थान प्रती परिवार सहित कुल १२० परिवारका लागी सहयोग हस्तान्तरण सम्पन्न भएको छ।
उक्त कार्यक्रममा सहभागी संघीय सांसद माननीय महेश्वर गहतराज बाँके का प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङवाङ लुम्बिनी प्रदेश सांसद माननीय कृष्ण के सि योङ कम्युनिस्ट लिग नेपालका केन्द्रिय सचीव रतन शाही , वाईसीएल केन्द्रिय सदस्य मनिषा चदारा , वाईसीएल केन्द्रिय सदस्य,बाँके जिल्ला योङ कम्युनिस्ट लिग (वाईसीएल) इन्चार्ज सुरज जागा , वाईसीएल बाँके जिल्ला संयोजक आकास कार्की , जित शेष , तिरथ राम चिडिमार , इमाम खा लगाएतको उपस्थितिमा नरैनापुर गाउँपालिका अध्यक्ष ईश्तियाक अहमद शाह मार्फत सहयोग हस्तान्तरण गरिएको हो।
वाईसीएल नेपाल सधैं नागरिकको सुरक्षा र सेवामा सदा लागीपर्ने र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने वाईसीएल बाँके जिल्ला ईन्चार्ज सुरज जागाले बताएका छन् ।
वाईसीएल नेपाल द्वारा गरिएको सहयोगको प्रसंसा माननीय महेश्वर गहतराज माननिय कृष्णा के सि प्रमुख जिल्ला अधिकारी र नरैनापुर गाउँपालिका अध्यक्ष शाहले यस्तो भीषण परिस्थितिमा सहयोग गरेकोमा वाईसीएल नेपाल बाँके जिल्ला लाई धन्यवाद व्यक्त गर्नुभएको छ।
नरैनापुरमा आगलागी भएको घटनाले वाईसीएल दुख व्यक्त गर्दछ। स्थानीय नागरिकलाई थोरै भएपनी आफुहरुले सहयोग गरेका छौँ र दु:खद यस घडीमा थोरै भएपनी नागरिकलाई मल्हम पट्टि लगाउने काम गरेका छौं आगामी दिनमा आगलागी पीडितहरुका लागी घर निर्माण गर्दा वाईसीएल नेपाल बाँके द्वारा निर्माण हुने घरका लागी सर्बदान गर्ने संयोजक आकाश कार्कीले बताउनुभयो ।