Wednesday, November 27, 2024
spot_imgspot_img
Homeसमाजनरैनापुरको प्रमुख प्रशासकिय अधिकृतमा महेन्द्र जङ्ग शाही

नरैनापुरको प्रमुख प्रशासकिय अधिकृतमा महेन्द्र जङ्ग शाही

नरैनापुर ७ असोज

बाँके जिल्लाको नरैनापुर गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतमा महेन्द्र जङ्ग शाही आएको गाउँपालिका अध्यक्ष ईश्तियाक अहमद शाहले बताए ।
बाँकेको स्थानीय निकाय मध्ये नरैनापुर गाउँपालिका पछिल्लो समय चर्चामा आउने गरेको छ।

हुलाकी सडक देखी विद्युत प्रशारण सम्म अग्रसर रहेका अध्यक्ष शाह स्थानीयले स्थानीय तह निर्वाचन भए पश्चात पनि भारती रुपैयाँ को प्रयोग घटेको छ भने स्थानीय  स्तरमा बैंकको स्थापना गर्न सफल भए । संघ संस्थाहरुको बिस्तार निजि बिद्यालय स्थापना भएका  छन् भने  नेपाली सन्चारमाध्यमको पहुँच बिस्तार भएको छ।

  1. त्यसमा झनै नरैनापुरमा प्रथम पटक ईलाका प्रशासन प्रमुख भएर काम गरिसकेका महेन्द्र जङ्ग शाही अहिले स्थानीय सरकारको प्रमुख प्रशासकिय अधिकृत को रूपमा स्वागत गर्न पाउदा खुशी भएको अध्यक्ष शाहले बताए ।
    महेन्द्र जङ्ग शाही बिगत बाँके जिल्लाकै जानकी गाउँपालिका र बैजनाथ गाउँलालिकामा काम गरेको अनुभव छ । उत्कृष्ट कार्य गर्दै आएका शाही अब आफु प्रमुख भएर प्रथम पटक ईलाका प्रशासन संचालन गरेका शाहि अब अहिले आफु नरैनापुर हाजिर गरे लगतै ईलाका प्रशासन हप्ता १० दिन भित्र स्थानीय स्तरमा ल्याउन पहल गरेका छन् भने विद्युत बिस्तार नभएको वडा र बस्तिहरुमा छिटोभन्दा छिटो विद्युत बिस्तार गौशाला निर्माण लगाएतका कार्य गर्न अध्यक्ष शाह लगाएत सम्पुर्ण जनप्रतिनिधिहरुको साथमा  कार्य गर्न  र कर्मचारी ब्यवस्थापन र जिम्मेवारीदिने क्रममा समावेसीका आधारमा नरैनापुर १ र ४ वडामा महिला सचीव पदस्थापना संगै जिम्मेवारी दिएर कार्य सम्पादन सहज बनाएका छन् । नरैनापुर उत्कृष्ट गाउँपालिका बन्ने छ जनताका मसिहा बनेका अध्यक्ष शाह संग कार्य गर्न पाउदा आफु हर्शित भएको र उत्कृष्ट कार्य गरेर देखाउन नयाँ अवसर प्राप्त भएको शाहिले बताए ।
    अध्यक्ष शाह स्थानीय विकाशमा प्रतिबद्ध छन् ।प्रस्ताव सामाजिक र नागरिकको हितमा हुने भए जस्तो सुकै कदम उठाउन तयार रहन्छन् अब झनै एउटा कर्मठ र अनुभवी कार्यालय प्रमुख पाएपछि राम्रो काम हुने बताउँछन् ।
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments