Tuesday, January 7, 2025
spot_imgspot_img
HomeUncategorizedनरैनापुरलाई विकासको घुम्टो उर्घार्दै सुगम बनाएका:बस्नेतको बिदाई

नरैनापुरलाई विकासको घुम्टो उर्घार्दै सुगम बनाएका:बस्नेतको बिदाई

बाँके । बाँकेको दुर्गम स्थानिय तह भनेर चिनिएको नरैनापुर गाउँपालिका अहिले दुर्गम पहिचान परिर्वतन गर्दै सुगम र विकाशोन्मुख गाउँपालिकाको पहिचान बनाउन सफल भएको छ । ढृढ अठोट र आत्म विश्वासले गाउँपालिकाको पहिचान नै परिर्वतन गर्न सफल भएको छ । गाउँपालिकाको पहिचान बदल्ने श्रेय त्यहाँका जनप्रतिनिधी मात्र नभएर प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतको पनि ठुलो भुमिका रहेको थियो ।निर्वाचनताका दुर्गम पहिचान बनाएको गाउँपालिकाले जनप्रतिनिधी पाए संगै सुगम र विकासोन्मुख गाउँपालिका बनेको छ । २०७४ को निर्वाचन पछि गाउँपालिकाको अध्यक्ष पदमा आएका जनप्रतिनिधी इस्तियाक अहमद शाहको सक्रियता र प्रमुख प्रशासकीय अधिकृतको  योजना निर्माण र कार्यान्वयन गराउने शैलिले सिङ्गो गाउँपालिकाले विकासको घुम्टो उर्घार्दै सुगमता बनाएका बस्नेत  विदाई।

कच्ची, हिलाम्ले ,खल्डाखुल्डी र साघुराँ सडक । खुल्ला क्षेत्रमा शौच गर्ने समुदाय, गाउँको बाटो हिड्दा नाक थुन्नु पर्ने बाध्यता, चरम गरिबी र बेरोजगारले भरीएका बस्ति । सडक,विजुलीले नभेटाएको सुगम जिल्लाको दुर्गम गाउँपालिका भित्रको गाउँ । शिक्षामा नामका विद्यालय अस्तव्यस्त व्यवस्थापन । बर्षायाममा नदि नाला उर्लादा एक गाउँबाट अर्को गाउँ पुग्न ज्यानको जोखिम । भारतीय बाटो प्रयोग गरेर नरैनापुर पुग्नु पर्ने समस्या । बिरामी हुँदा भारतको बहराइच गएर उपचार गराउनु पर्ने बाध्यता ।

गाउँपालिकाले जनप्रतिनिधी पाए पछि जिल्लाको दुर्गम गाउँपालिका नरैनापुरमा पनि विकासको लहरले छोएको छ । मानव सुचांकको पुछारमा रहेको गाउँ केहि उकालो लागेको छ । अन्धकार बस्तिमा विद्युत्तको पहुँच पुगे संगै त्यहाँका बासिन्दाको मुहारमा उज्यालो छाएको छ । हिलाम्मे सडक उर्लादो बाढिले बर्खायाममा अनकन्टार बन्ने गाउँमा पुल र सडक निर्माण पछि बजार संग सम्बन्ध जोडिएको छ । भारतको बाटो प्रयोग गरि सदरमुकाम आउनु पर्ने बाध्यता हटेको छ ।

स्वास्थ्यमा पहुँच

दुर्गमलाई सुगम बनाउने अठोट बोकेका ढृढ संकल्प लिएका अध्यक्ष शाह र प्रमुख प्रशासकीय अधिकृत बस्नेत प्रदेश देखि केन्द्र सम्म धाएर गाउँपालिकामा विभिन्न विकासका योजनाहरु ल्याएर कार्यान्वयन गर्न सफल रहे । स्वास्थ्य सेवाको पहुँचमा निकै पछाडी रहेको पालिकामा अहिले आधाभूत स्वास्थ्य सेवामा बाहिर उपचारका लागि जानु पर्ने बाध्यता हटेको छ । गाउँपालिकाको सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्ने गरी एम्बुलेन्स सेवा, स्वास्थ्य चौकी देखि लिएर आधारभूत स्वास्थ्य इकाई केन्द्रको स्थापना गरि सर्वसुलभ रुपमा सेवा प्रदान गरेको छ । छिमेकी पालिकाहरु भन्दा पूर्वाधार विकासमा गाउँपालिकाले फड्को मारेको स्थानियले बताउछन । बर्थिङ्ग सेन्टर नहुदाँ घरमा नै सुत्केरी गराउदाँ हुने जोखिम पनि अहिले कम भएको छ । गाउँपालिकाले बर्थिङ्ग सेन्टर , इकाइ स्वास्थ्य र आयोर्वेदिक केन्द्र संचालनमा ल्याएको छ । १५ शैयाको अस्पताल निर्माण गरि दक्ष डाक्टरबाट सेवा दिन सुरु गरिएको अध्यक्ष शाहले बताए । स्वास्थ्यमा सबै नागरिकको सहज पहुचका लागि गाउँपालिकाले हरेक आर्थिक बर्ष स्वास्थ्य क्षेत्रमा ठूलो रकम विनियोजित गरेको अध्यक्ष शाहले बताउनु भयो ।

शिक्षामा सुधार

शिक्षा क्षेत्रमा छात्राहरुलाई पढाई प्रति आर्कषित गर्न हरेक बर्ष छात्रावृत्ती कार्यक्रम संचालन गर्दै ६ कक्षा माथिका छात्राहरुलाई साइकल ,शैक्षिक सामाग्री वितरण गर्दै आइरहेको छ । छोरी पढाउ अभियानलाई सार्थकता दिन र छोरीलाई नियमित विद्यालय आउने वातावरण सिर्जना गर्न छात्राबृत्ती संगै साईकल वितरण समेत गरेको छ ।विद्यालयको पूर्वाधार र भौतिक विकासमा पनि गाउँपालिकाले प्राथमिकता दिएको छ । पालिकामा रहेका सामुदायिक विद्यालय र मदरसाहरुमा विद्यालयमा भवन निर्माण र अन्य शैक्षिक संस्थाहरुमा वाउण्ड्रीवाल लगायतका भौतिक संरचनाका काम भएका छन । भने उच्च शिक्षा अध्ययनका लागि क्याम्पस संचालन गरिएको छ । जिल्लाका अन्य गाउँपालिकाले योजना बनाउन नसकेर जनप्रतिनिधिको कार्यकाल सकिदै गरेका बेला नरैनापुरले शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारको निर्माण मात्र गरेन दक्ष जनशक्तिबाट सेवा प्रवाह गर्दै आएको छ ।

भौतिक पूर्वाधारमा फड्को

स्थानिय जनप्रतिनिधी पाए संगै गाउँपालिकाले भौतिक पूर्वाधार विकास तर्फ पनि फड्को मारेको छ । ५ बर्षको कार्यकाल सकिदै गर्दा गाउँपालिकामा सडक कालोपत्रे सम्पन्न भएको छ । टोल टोलमा सडकको स्तर उन्नती भएको छ । गाउँ भित्र सडक पिपिस भएको गाउँपालिकाले जनाएको छ ।

जनस्तरबाट प्रमुख प्रशासकीय अधिकृत बस्नेतको बिदाई

प्रधानमन्त्री कार्यालयमा सरुवा भएर जाने क्रममा प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले जनताहरुलाई सम्बोधन गर्दै भन्नुभयो, दुइ कार्यकालमा मैंले नरैनापुरका जनताका लागि सक्ने जति सहयोग गरेको छु । नरैनापुर आउनुको मेरो मुख्य कारण थियो, यहाको शिक्षा, स्वास्थ्य, बिजुली र भौतिक पूर्वाधार निर्माण गर्नु । उहाँले थप्दै भन्नु भयो, मैंले यि सबै काम सम्पन्न गरिसकेको छु । अब नरैनापुरका नागरिकलाई भारतीय बाटो प्रयोग गरेर सदरमुकाम जानु पर्दैन, शिक्षा र स्वास्थ्य स्थानीय तहबाट पाइने जिकिर गर्नु भयो । उहाँले आफ्नो सोच र सपना पुरा गर्न पाएको प्रति खुशी व्यक्त गर्दै योजना कार्यान्वयन गराउन अव्हरात्र खटिनु हुने गाउँपालिका अध्यक्ष, जनप्रतिनिधि, कर्मचारीहरु र नरैनापुर बासीलाई धन्यबाद ज्ञापन गर्दछु ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments