Saturday, January 4, 2025
spot_imgspot_img
HomeUncategorizedनरैनापुर गाउँपालिकाले हरेक घरमा ग्यास पुर्यायो

नरैनापुर गाउँपालिकाले हरेक घरमा ग्यास पुर्यायो

बाँके जिल्लाको नरैनापुर गाउँपालिका ६ स्थित जय किसान माध्यमिक बिद्यालयमा सोमबार गाउँपालिका कार्यवाहक अध्यक्ष महशुल अहमद शाहले स्थानीय नागरिकहरुलाई खाना पकाउने ग्यास सिलेन्डर चुल्हो हरेक घरमा पुर्याउने उदेश्य सहित ग्यास हस्तान्तरण गर्नुभएको छ।

उक्त कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष बिरेन्द्रपाल सिंह गाउँपालिका योजना तथा जिन्सी शाखा प्रमुख भरत महतो लगाएत कर्मचारी सुरक्षाकर्मी स्थानीय नागरिकहरुको उपस्थिति रहेको थियो।साक्रुन साई सोनवर्षा गाउँकी स्थानीय बान्सिन्दा भन्नुहुन्छ अब दाउरा ल्याउनु पर्ने छैन स्थानीय सरकारले बहुत राम्रो काम गरेको छ अब स्थानीय सरकारले यसरी नै हरेक घर बाट रोजगारीको ब्यवस्थापन गर्नुपर्ने बताउनु हुन्छ।
अर्का स्थानीय नागरिक सनवर्शा गाउँका राम किसन वारि भन्नुहुन्छ धेरै राम्रो काम गरेको छ स्थानीय सरकारले स्वागत गरेका छौँ हामी सबैले जनतामुखि काम गरेकोमा धन्यवाद ।
सोनवर्शाका स्थानीय नफिस दर्जी भन्नुहुन्छ अब जंगलमा बाघको त्रास छ र घाँस दाउरा लिन गएका स्थानीयलाई बाघले खाएको छ अब त्यस्तो समस्या हुने छैन। हामी सुरक्षीत महसुस गरेका छौ र हामी स्थानीय नागरिकलाई गर्भ छ स्थानीय सरकारले हर घरमा खाना पकाउने ग्यास वितरण शुरु गरेकोमा हर्सित छन् । अब हामी युवाहरूलाई रोजगारीको ब्यवस्थापन गरे झनै राम्रो हुने बताउनु हुन्छ ।


कार्यवाहक अध्यक्ष शाह भन्नुहुन्छ स्थानीय नागरीकहरुलाई सबै समस्याहरु बाट बचाउने जिम्मेवारी स्थानीय सरकारको हो त्यसैले अब जंगलि जनावर देखि सुरक्षीत गर्नु पहिलो प्राथमिक हो र अर्को धुवाँका कारण आँखामा विभिन्न प्रकारको रोग लाग्न बाट बचाउने उदेश्य त्यसैगरी अर्को मुख्य उदेश्य नरैनापुरमा फुसको घर को कारण बर्सेनि कयौ घर जलेर नस्ट भएका छन्।
जुन दाउराको चुल्होमा खाना पकाउने त्यसपछि पानी हालेर ननिभाउने कारण हावाहुरी चलेपछि फुसका घरहरुमा आगजनी हुनेगरेकोले ग्यास त निश्चित प्रयोग पछि अनिवार्य बन्द गर्नुपर्छ समग्रमा स्थानीय नागरिकहरुलाई सुबिधा र सुरक्षाको लागि हामीले स्थानीय सरकार बाट ५ करोड बजेट बिनियोजन गरेर कुल ९ हजार ५ सय नरैनापुरका सबै घरदुरीलाई बितरन गरेर स्थानीय सरकारको कर्तव्य पूरा गर्न ग्यास बितरण कार्य गरेको जिन्सी एवं योजना शाखा प्रमुख भरत महतोले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments