जाजरकोट सम्बादाता
जाजरकोट जिल्ला नलगाड नगरपालिका १ नम्बर वडा नेकपा माओवादी केन्द्र अध्यक्ष भबिलाल पुनको अध्यक्षतामा आइतबार नलगाड नगरपालिकाका मेयर एवं नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य टेक बहादुर रावल (दर्शन)प्रमुख आतिथ्यमा पार्टी प्रवेश एवं चुनावी कार्यक्रम सम्पन्न भएको छ।
बिशेष प्रदेश कमिटी उपाध्यक्ष टक बहादुर घर्ति (मुनाल) बिशेष लगाएत नेता कार्यकर्ताहरुको उपस्तिथिमा आगामी स्थानीय निर्वाचन लक्षित अभियान अन्तर्गत चुनावी सभालाई सम्बोधन गर्दै रावलले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई बिजय बनाउन उपस्थिति सबैलाई अनुरोध गर्नुभयो।
रावलले आफ्नो कार्यकालमा सबै योजना दीर्घकालीन निर्माण गरिनुका साथै स्थानीय सरकारको जग बसाल्न सफल हुनुका साथै सडक सन्जालमा कुनै गाउँ जोडीएको थिएन।अहिले सबै वडाहरुमा सडक,सूचना सन्चारको पहुँच र केन्द्रिय विद्युत बिस्तार गर्न सफल भएका छौँ ।मौरी जोन,सुन्तला जोन,कागती जोन र मकै जोन निर्माण गरि कृषि उत्पादनलाई प्रोत्साहन गरि किसानहरुलाई पुरुस्कृत समेत गरिएको छ।
लोक सांस्कृतिलाई जगेर्ना गर्ने उदेश्यका साथ हरेक बर्ष फागुन १ गरे साँस्कृतिक महोत्सव आयोजना थालनी गरिएको छ भने स्वास्थ्य चौकी प्राथमिक स्वास्थ्य चौकी आवश्यकताका आधारमा स्थापना गरिनुका साथै सबै वडाहरुको प्रशासनिक केन्द्र तोकेर वडा कार्यालय स्थापना गर्न सफल भएको स्थानीय सरकारले अनाथ फरक क्षमता भएका बालबालिकाहरुलाई आफ्नै संरक्षणमा बिद्यालय स्थापना आवासको स्थापना गरी आगामी सरकारले स्वामित्व लिनेगरी कार्यबिधी समेत निर्माण गर्न सफल भयौ र कोई कसैले भ्रष्टाचारको नाममा एक रुपैयाँ पनि गर्न सकेन र जन सरकारको झझल्को दिने काम पुर्ण रूपमा हाम्रो कामले दर्शाएको छ।
प्रत्येक वडामा एउटा नमुना अनिवार्य नमुना बिद्यालय अनिवार्य नमुना बस्ती बिस्तार गरेर समाजवाद उन्मुख नगरपालिकाको शुरूवात गर्न सफल भएकोले आगामी आउने स्थानीय सरकारले सोही कार्यहरुलाई निरन्तरता दिनका लागि र बिकाशमुखी भ्रष्टाचार रहित नगरपालिका निर्माण गर्न नेकपा माओवादी केन्द्रलाई बिजय बनाउन समेत उपस्थित सबैलाई मेयर रावलले अनुरोध गर्नुभयो ।
नेकपा एमाले पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका नव प्रवेशिहरुलाई अबिर रातो टिका लगाएर स्वागत गरिएको थियो।अन्तमा सभा अध्यक्ष भबिलाल पुनले कार्यक्रम समापन गर्नुभएको कर्णाली प्रदेश बिशेष प्रदेश कमिटी उपाध्यक्ष मुनालले जानकारी दिनुभयो ।