Sunday, November 24, 2024
spot_imgspot_img
Homeराष्ट्रियनलगाड द्वारा एम्बुलेन्स सेवा सुचारू 

नलगाड द्वारा एम्बुलेन्स सेवा सुचारू 

जाजरकोट समाचारदाता/शुक्रबार १९ मंसिर,जाजरकोट जिल्ला नलगाड नगरपालिकाले शुक्रबार देखी एम्बुलेन्स सेवा सुचारू गरेको छ ।जाजरकोट जिल्ला नलगाड नगरपालिकाले लामो समयको अथाह प्रयास पश्चात स्थानीय सरकारले स्वास्थ सेवालाई सहजताका साथ नागरिकको सुरक्षाका लागी उक्त एम्बुलेन्स खरिद गरि संचालनमा ल्याईएको हो। जाजरकोट जिल्लामा एम्बुलेन्स अभावका कारण डाेकोमा बिरामी बोक्दै गरेका दृश्य सन्चारमाध्यमहरुमा नआएका हैनन् तर स्थानीय नगर सरकारले भने सेवा दिन सधैं तत्पर रहेको बताएको छ।

प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले १५ शैयाको अस्पतालको शिलान्यास गरेको एकसाता भित्र उक्त एम्बुलेन्स सेवा सन्चालनमा ल्याईएको छ।

 

शुक्रबार एम्बुलेन्स सुचारू गरेलगतै नलगाड नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले अथाह प्रयास का साथ लामो समयको प्रतीक्षापछि स्थानीय स्तरमा नगरपालिका द्वारा संन्चालित एम्बुलेन्स सेवा सन्चालन सुचारू गरी एम्बुलेन्स सेवा सर्बसुलभ तबरले नागरिकलाई सेवा उपलब्ध गराउन नलगाड नगरपालिका जिम्मेवार बनेको बताउनुभयो ।  हालसम्म अन्य निजि सवारी साधन वा सार्बजनिक गाडीहरुले लिने गरेको दररेट भन्दा सर्बसुलभ रूपमा नलगाड एवं अन्य सबै सेवाग्राहीहरुले यस्को लाभलिने बताउनु भयो।

 

उक्त कार्यक्रममा नगरप्रमुख टेक बहादुर रावलले यसलाई नगरपालिकाको एउटा सफलताको कुरा उल्लेख गर्दै आफुले प्रथम  नगर सभा मार्फत एम्बुलेन्स खरिद गर्न बजेट बिनियोजन गरेको र आफु निर्वाचित भएको पहिलो बर्षमै एम्बुलेन्सको प्रश्ताब पारित भएतापनि दुई पटकसम्म बोलपत्र आह्वानमा कसैको दरखास्त नपरेकोले तेस्रोपटक बोलपत्र आह्वानमा दरखास्त परी  एम्बुलेन्स ल्याउन सफल भएको नगरप्रमुख रावलले बताउनुभयो ।

धेरै लामो  प्रयासपछि नगरमा एम्बुलेन्स आएको हो ।यस अघिनै आउने एम्बुलेन्स विश्व ब्यापीरूपमा फैलिएको  कोरोना कोभीड -१९ का कारण थप ८ महिना ढिला भएतापनी अन्ततः नगरमा एम्बुलेन्सले गर्दा  स्थानीयहरुलाई बिरामी पर्दा महङ्गो शुल्क तिर्नुपर्ने बाध्यता हटेको साथै जिल्ला सदरमुकाम, चौरजहारी,नेपालगन्ज का अस्पतालहरुमा उपचार लागी बिरामी लिन सहज र शुलभ हुने बताउनु भयो ।

 

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments