जनक रावल जाजरकोट
शुक्रबार ४ भदौ
जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं २,३,४ र६का जनताको सेवा लाई ध्यानमा राखेर ३ नं वडा सरकारद्धारा छेप्का कैना सडकखण्डमा तार जाली लगाएर अवरुद्ध सडक खुलाउने कार्य शुरु गरिएको छ।
छिटोभन्दा छिटो निर्माण कार्य सम्पन्न गरेर स्थानीय नागरिकलाई सेवा दिन अहोरात्र लागिपरेका छौँ । समयमै कार्य सम्पन्नगरी स्थानीय नगर सरकार द्वारा सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको वडा अध्यक्ष प्रचण्ड ओलिले जानकारी दिनुभयो ।