Saturday, November 23, 2024
spot_imgspot_img
Homeराष्ट्रियनागरिकको हितमा काम गर्ने छु मन्त्री:हमाल

नागरिकको हितमा काम गर्ने छु मन्त्री:हमाल

नेपालगन्ज ६ कार्तिक
बाँकेको नेपालगन्ज स्थित सुनाखरी रेस्टुरेन्टमा शनिबार नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलिको अध्यक्षतामा लुम्बिनी प्रदेश बन वातावरण तथा भु-संरक्षण मन्त्री माननीय सुरेन्द्र हमाललाई बधाई तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

उक्त शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री हमालले समग्र बाँके जिल्ला लगाएत लुम्बिनी प्रदेशमा आफ्नो मन्त्रालय मातहत के कसरी बिकाश गर्न सकिन्छ भन्ने बारे राय सुझाव माग्नुभएको थियो। उहाँले आफुले बोलेको काम जसरी पनि सम्पन्न गर्नेछु भन्नुभयो।
बन वातावरण सम्बन्धि स्थानीयका समस्याहरुलाई
बैजनाथ राष्ट्रिय दैनिकका सम्पादकले राखेको प्रश्नलाई मन्त्री हमालले बाँकेको बैजनाथ गाउँपालिका १ चिसापानी गाभर लगाएतका मध्यवर्ती बन क्षेत्रमा बसोबास गर्ने स्थानीय नागरिकहरुलाई सामान्य काम गर्दा समेत निकुन्ज बाट अनुमती लिनुपर्ने बिकाशका काम गर्न ब्यक्तिहरुको नाममा भएको जग्गामा भौतिक पुर्बाधार निर्माण गर्दा समेत निकुञ्जको अनुमती लिनुपर्ने यदि अनुमती नलिएको खण्डमा निकुन्जले काम गर्न नदिने लगाएतका काममा बाधा गरेर  स्थानीयलाई दु:ख दिएको गुनासो बारे मन्त्री हमालले स्थानीय नागरिकहरुलाई काम गर्न सहज बनाउनु नै आफु निर्वाचित भएको र अब कुनैपनी स्थानीय  नागरिकलाई सहज वातावरण निर्माण गर्ने र नागरिकको हितमा काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको नेपाल प्रेस  युनियन बाँके जिल्ला सचीव बिजय मल्लले जानकारी  दिनुभयो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments