बैजनाथ समाचारदाता
जाजरकोट २३ मंसिर
जाजरकोट जिल्ला छेडागाड नगरपालिका ११ न. वडा झाप्रा निवासी चन्द्र बादी र पुतली बादी आफ्नो भाइ तिले बादीको घरमा राखेको आफ्नो लालपुर्जा नेपाली नागरिकता लता कपडा सबै बाढि पहिरोले बगाएर लग्यो । चन्द्र बादी स:परिवार रोजगारीको सिलसिलामा भारतको गडवालको रानिखेत गएका थियौं ।यता पहोरोले घर लियो अनि सबै कागज प्रमाण हरायो ।
नागरिकता बनाउन वडामा सिफारिस लिन जाँदा सचीवले आफ्नो कुर्सी बाट उठेर हातापात गर्न आए । हामीले जिताएका मेयर र वडा अध्यक्ष भएपछि काम गर्न सहज भयो तर नागरिकता पहिरोले बगाएर प्रतिलिपी लिन जाँदा नै यति गाह्राे भयो । रोजगारी छैन ४ आना मात्र जग्गा छ । पोहोर साल प्रधानमन्त्री रोजगारमा ६ दिन काम गरेका हौं यसपटक हामीलाई थाहा नै भएन ।
वडाले नगरपालिकामा जानु भन्यो तर नगरमा जाँदा कस्ले भन्यो किन आएको भनेर कर्मचारीले भने । चन्द्र बादी भन्छन् मेयर त हाम्रो समस्यालाई बुझ्नुहुन्छ । सचीवले सिफारिस नदिदा छेडागाड नगरपालिका का मेयर लाल बहादुर महतरा हाम्रा नेता हाम्रा मेयर भएकोले सजिलो भयो । मेयर साबले रोजगारीको ब्यवस्थापन गरौंला चिन्ता नगर्नु भन्नुभएको छ हामीलाई विश्वास छ हाम्रो नेताले हाम्रो काम गर्नुहुन्छ ।