बाँके:बैजनाथ गाउँपालिका १,३ र ४ मा भुमिकाे कुनै पनि प्रक्रिया अगाडि नगर्नु/नगराउनु भनि राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभाग ले गरेकाे परिपत्र काे समाधानकाे लागि बैजनाथ गाउँपालिका कार्यवाहक अध्यक्ष निर्मला रोकायको नेतृत्वमा बन तथा बाताबरण मन्त्रालयमा बैजनाथको टिम पुगेर मन्त्री संग छलफल गरि समस्या समधान गरेको छ।
उक्त कार्यका लागी बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य सांसद किशाेर सिंह राठाैर र आशा बि क सहित बैजनाथ २ का वडा अध्यक्ष राजु रुचाल ३ नम्बर वडा अध्यक्ष निखिल बैगार ४ नम्बर वडा अध्यक्ष प्रेम बहादुर शाही सामाजिक बिकास समिति संयोजक भुमिसरा राना नेपाली काङ्ग्रेस बैजनाथ सभापति देब बहादुर के सी लगाएतको टिम मन्त्रालयमा डेलिगेसन सहित पुगेको हो।
आफ्नो क्षेत्रका जनतालाई निकुन्जको नियमले असहज बनाएकोले सहजीकरणका लागी बन मन्त्रालय पुगेर प्रत्रिया अगाडि बढाउने सहमति भएको ३ नम्बर वडा अध्यक्ष निखिल बैगारले जानकारी दिनुभयो ।
साथै नौवस्ता औद्योगिक क्षेत्रमा बसोबास गर्दै आएका जनताहरुको उचित ब्यवस्थापन गरेर औधोगिक क्षेत्र संचालन गर्नुपर्ने माग सहित राजधानी पुगेको बैजनाथका जनप्रतिनिधिको टिमले अझै विभिन्न मन्त्रालयमा पुगेर समस्या समाधान गर्ने कार्यवाहक अध्यक्ष रोकायले बताउनुभयो ।