Saturday, November 23, 2024
spot_imgspot_img
HomeUncategorizedनिवेदनको सुनुवाइ नहुँदा चुलिदै चुलिमालिकाको चर्चा

निवेदनको सुनुवाइ नहुँदा चुलिदै चुलिमालिकाको चर्चा

बाँके:चुलिमालिका कृषि सहकारी संस्था लि.बैजनाथ ५ बनकटवा का सदस्य भिम बहादुर नेपालीले बिरामी भएपछि आर्थिक आवश्यक पर्दा आफ्नो र परिवारको नाममा रहेको शेयर फिर्ता लिन ५ महिना सहकारीको कार्यालयमा धाउँदा धाउँदा खालि हात घर फर्केको गुनासो गरेका छन् । नेपालीले २०७३ सालमा एक लाख ऋण खाँदा जमानी (साँचि)बसेका आफ्ना छिमेकी हर्क बहादुर रोकायको ऋणमा मिलान गर्न निवेदन दिएको २ महिना पुग्दा समेत सहकारी बाट कुनै जानकारी आएन। टाेल टाेलमा सहकारी घर घरमा रोजगारी सहकारीको नाराले सायद पुर्णता पायो त ? पाएन बैंक लघुबित्त र अन्य संघ संस्था बाट ऋण लिनु र सहकारी सदस्य बनेर ऋण लिनुमा भिन्नता के भयो त जुन हुनपर्ने हो त्यो भएको छैन ।
किनकि चुलिमालिका सहकारी कुनै सामान्य मान्छेले संचालन गरेको सहकारी हैन यो त सहकारी अभियन्ता एवं लुम्बिनी प्रदेश सहकारी संघ लि का अध्यक्ष प्रेम प्रशाद सुबेदी सचिव रहेको सहकारी हो ।अझै अचम्मको कुरा त यो छ कि पीडित नेपाली शेयर सदस्य भएको ७ बर्ष पुग्दा एकपटक पनि साधारण सभामा उपस्थित हुन निमन्त्रणा गरिएन।न त अहिलेसम्म कुनै सहकारीको बैठकमा नै बसेका छन् न त साधारण सभामा बैठकमा संचालक बस्ने हो तर साधारण सभामा नाफा नोक्सान सबैको शेयर सदस्यहरुलाई जानकारी गराउन पर्ने हो । तर शेयर रकम फिर्ता माग्दा फिर्ता दिने समयमा विभिन्न नियम कानुनका कुरा गर्ने सहकारी संचालक र सहकारीका कर्मचारीहरु नै धेरै नियमको कुरा गरेर पीडितलाई थप पिडा दिएको अवस्था छ। सहकारीहरुको नियमन अनुगमन गर्ने स्थानमा बसेका सहकारी अभियन्ताका सहकारीमा आबद्ध शेयर सदस्यले साधारण सभा बारे कुनै पत्तो नहुनु पत्र नदिनु अन्तमा आएर जहाँ जाने हो जानुस तपाईंको पैसा फिर्ता हुँदैन भन्ने जस्तो सहकारी नेताको गैरजिम्मेवारी पुर्ण शैली अब यिनले संचालन गरेका सहकारीको नियमन अनुगमन कस्ले गर्ने हो?
शेयर रकम फिर्ता त निश्चित समयमा होला तर किन ७ बर्ष सम्म एउटा पनि साधारण सभामा निमन्त्रणा दिईएन आखिर यस्को रहस्य के हो ? के साच्चिकै एउटा पत्र दिन पनि नियम कानुन चाहिने हो त शेयर सदस्यलाई अधिकार बाट बन्चित गराउन कुन नियम कानुनले दिन्छ ? अनि थप रहस्यको कुरा त यो छ कि निवेदन दिएको २ महिना हुँदा सम्म कुनै अत्तोपत्तो छैन आखिर सहकारी अभियन्ताकै सहकारीमा यस्तो हुन्छ भने अन्य सहकारीहरुको अवस्था के होला ?
सहकारी जानकारहरुका अनुसार शेयर फिर्ता गर्न साधारण सभा बाट मात्र नाफा नोक्सान सहित
साधारण सभा पछि मात्र शेयररकम फिर्ता दिने प्राबधान छ तर निवेदनको सुनुवाइ नै नगर्ने भन्ने कुनै नियम कानुनमा छैन।बरु छिटोभन्दा छिटो सम्पर्क गरेर समस्या समाधान गराउन पर्नेमा गरेको फोन समेत रिसिभ नगर्नुले गैरजिम्मेवारीपन झल्किन्छ ।
एउटा शेयर सदस्यलाई सात बर्ष सम्म साधारण सभामा कतीबेला भयो कुनै जानकारी भएन भने पक्कै पनि निश्चित ब्यक्तिहरु मात्र पोसिएको हुन सक्ने सहजै आकलन गर्न सकिन्छ ।
उनै नेपालीको नाममा बैजनाथ २ मा रहेको ग्रामीण विद्युत सहकारी संस्था लि मा रहेको २५ हजार शेयर रकम मध्ये १ हजार मात्र खातामा राखेर बाँकी २४ हजार शेयर रकम तत्काल फिर्ता लिएर परिवारको उपचार गरेको उनि बताउँछन् । के नियम पनि हरेक सहकारी पिच्छे अलग अलग हुने गर्छ त के नाफा नोक्सानको कुरा ग्रामीण विद्युत सहकारीमा थिएन त या फेरी हिसाबकिताब नै चुस्तदुरुस्त नराखेको हुन सक्छ ।
सहकारीका प्रबन्धक मोहन महतरालाई पटक पटक भन्दा बैठक बसेर समस्या समाधान हुन्छ भनेर आश्वासन दिईराखे तर ५ महिना देखि फिर्ता मागेको शेयर रकम लिन आउन मात्र करिब १० हजारको फ्युल खर्च भैसक्यो ।
निरन्तर ५ महिना सम्म पनि निरन्तर कार्यालय धाउँदा धाउँदा आज -भोली भन्दै दिनमा ३ तीन पटक सम्म संचालक समितिका कुनै पदाधिकारीसँग भेट भएन अब कहाँ जाउँ आवश्यक पर्दा काम आउँछ भनेर आवद्ध भएको सहकारीमा नै यस्तो हुन्छ भने अब विस्वास कस्को गर्ने पीडित नेपाली भन्छन् ।
अन्ततः आफु आबद्ध रहेको पुर्ब सशस्त्र प्रहरी संघ बाँके जिल्ला अध्यक्ष राम बहादुर बिष्ट समक्ष समस्या राख्दा अध्यक्ष बिष्ट पीडित सहित कयौंपटक सहकारीको कार्यालयमा पुग्दा समेत कुनै वास्ता भएन ।
अध्यक्ष बिष्ट भन्छन् एउटा सामाजिक संस्था संचालक समितिले यस्तो गैरजिम्मेवारी काम गर्नु राम्रो हैन । यदि बिधान र नियमावलीमा नै उल्लेख छैन भने त्यो बिधान दिनुहोस् हामी पनि अध्ययन गर्छौं साच्चिकै नियम बिपरित नै शेयर रकम माग गरेको भए नियम अनुसार नै गरौंला भन्ने सल्लाह पीडितलाई दिएर पठाउँदा बिधान कसैलाई दिन मिल्दैन भनेर त्यहाँ पनि झुक्याउने काम भएको उनि बताउँछन् ।
साच्चिकै नियम कानुन कै कुरा गर्ने हो भने भोलिका दिनमा ताला लगाए मात्र समस्या समाधान हुने हो भने अबको विकल्प त्यहि बाँकी छ आफु कुनै पार्टी निकट नभएर आफु निबृत भु पु संघलाई आफुले गुहारेको पीडित नेपालीको भनाई रहेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments