नेपालगन्ज २२ भदौ
बाँके जिल्लाको खजुरा गाउँपालिका २ का वडा सदस्य नन्दलाल गुर्तालले निर्वाचन आयोगमा दल रोज्न दिएकोमा आफुले नेकपा एमाले बाट निर्बाचित भएकोभए पनि दल बिभाजन भएपछि गुर्तालले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको भन्दै हस्ताक्षर निर्वाचन आयोगमा बुझाए लगतै पुन:
आफुले निर्वाचन आयोगमा पुगेर हस्ताक्षर गरेतापनि पुनर्बिचार गरि आफू निर्वाचन भएको चुनाव चिन्ह सुर्य र नेकपा एमाले मै रहि राजनीति एवं समाज सेवा गर्ने भनी नेकपा समाजबादी पार्टी लाई हिजो दिएको आफ्नो समर्थन आजै निर्वाचन आयोगमा पुगेर आफ्नो राजिखुसी बिना करकाप समर्थन फिर्ता का निम्ति निवेदन निर्वाचन आयोग बाँके मा बुझाएको खजुरा गाउँपालिकस २ का वडा सदस्य नन्द लाल गुर्तालले बताए।
गुर्तालसंग निर्वाचन आयोग राष्ट्रिय युवा संघ नेपाल बाँके जिल्ला संयोजक एवं खजुरा गाउँपालिका ४ का अध्यक्ष तिलकवीर सुनार निर्वाचन आयोग पुगेका थिए।