Wednesday, January 8, 2025
spot_imgspot_img
HomeUncategorizedमाओवादी केन्द्रको अधिबेशन,बाँकेका ७०वडाले पाए नेतृत्व

माओवादी केन्द्रको अधिबेशन,बाँकेका ७०वडाले पाए नेतृत्व

नेकपा माओवादी केन्द्रको शनिबार भएको देशब्यापी वडा अधिबेशनमा बाँके जिल्ला अन्तर्गत रहेका ८ वटा स्थानीय तहका ८१ वडा मध्ये शनिबार ७० वडामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न भएका छ।भने, ११ वटा वडामा अधिबेशन गर्न बाँकी रहेको छ ।

खजुरा गाउँपालिकामा ८, जानकीमा ६, बैजनाथमा ८, डुडुवामा ६, नरैनापुरमा ६, राप्तिसोनारीमा ९, कोहलपुर नगरपालिकामा १५ र नेपालगन्ज उपमहानगरपालिकामा २३ वडा गरि कुल ८१ वडा रहेका छन ।

खजुरा गाउँपालिकाको ८ वटै वडा, जानकीको ६ वटै वडा, बैजनाथको ७ वटा वडा, डुडुवाको ३ वटा, नरैनापुरको ६ वटै वडा, राप्तिसोनारीको ७ वटा, कोहलपुरको १३ वटा वडा र नेपालगन्जको २० वटा वडा गरी जम्मा कुल ७० वटा वडामा शनिबार अधिवेशन सम्पन्न भएको नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष आइपी खरेलले जानकारी दिनुभएको छ।

बैजनाथको एउटा, डुडुवाको तीनवटा, कोहलपुरको दुईवटा, राप्तिसोनारीको दुईवटा र नेपालगन्जको तीनवटा गरी ११ वटा वडामा अधिवेशन शनिबार प्राबिधिक कारणले गर्दा स्थगित भएका छन । स्थगित भएका वडामा मंसिर ६ गतेसम्म अधिवेशन सम्पन्न गरिने उनले जानकारी प्राप्त भएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments