नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बैजनाथ गाउँपालिकामा शनिबार बैजनाथ गाउँपालिका स्तरीय दोश्रो बृहत् सम्मेलन नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज “अथक”को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न हुने भएको छ।यसै क्रममा बैजनाथको ऐतिहासिक सम्मेलन हुने नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य एवं बैजनाथ गाउँपालिका ईन्चार्ज नरेन्द्र पान्डे जेम्सले बताए ।
उक्त बृहत् सम्मेलनमा”सुदृढ संगठन र समृद्धि बैजनाथ हाम्रो अभियान-समाजवाद उन्मुख ब्यवस्थाको लागि दोस्रो पालिका सम्मेलन”भन्ने मुल नाराका साथ शनिबार नेकपा माओवादी केन्द्र बैजनाथ गाउँपालिकाको दोस्रो सम्मेलन हुने भएको छ।
बैजनाथ गाउँपालिका भरीका कुल १ हजार ५ सय पार्टी सदस्य र अन्य पेशागत संघ संगठनहरुको भेला गरेर शनिबार नेकपा माओवादी केन्द्र बैजनाथले शक्ति प्रदर्शन गर्न लागेको आयोजकले बतएको छ। नेकपा माओवादी केन्द्रमा आवद्व भएका सम्पुर्ण पार्टीका जन बर्गिय संगठनहरु समेत निर्माण गरिएको छ त्यसैले बैजनाथमा ऐतिहासिक सम्मेलन हुने भएको छ।
योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसीएल)
अखिल नेपाल महिला अनेम संघ क्रान्तिकारी विद्यार्थी संगठन,दलित संगठन र शिक्षक संगठन निर्माण गरि पार्टीका हरेक गतिविधि चौतर्फी हिसाबले क्रियाशिल बनाएको बैजनाथ गाउँपालिका अधिबेशन सम्मेलन आयोजक समिति संयोजक देब रावतले बताए।
बैजनाथ हालसम्म ६ जना सहिदले आफ्नो ज्यानको आहुती दिएकाले सहिद परिवार र जेष्ठ नागरिक जस्ले पार्टी निर्माणमा भुमिका निभाएका छन् सबैलाई सम्मान गर्ने कार्यक्रम रहेको छ।
मुख्य ब्यवस्थापन समिति
प्रचारप्रसार समिति
स्वास्थ्य तथा सरसफाइ समिति र सांस्कृतिक समिति निर्माण गरिएको छ लोप हुँदै गएका थारु नृत्य पँन्चैबाजा सिंगारु कबाली आदि सांस्कृतिक झाँकी सहित शनिबार बिहान ११:०० बजे वडा १,३,४ र ७ का पार्टीका नेता कार्यकर्ता सांस्कृतिक झाँकी सहित बनकटवा रंगिला चोकमा जम्मा भएर कुल ४ वडाका सम्पुर्ण प्रतिनिधि पर्यवेक्षक नेता कार्यकर्ता र कलाकार एक साथ नारा जुलुसका साथ अगाडि बढ्ने छ भने वडा २,६ र ८ का सम्पुर्ण पर्यवेक्षक प्रतिनिधि नेता कार्यकर्ताहरु आफ्नो आफ्नो सांस्कृतिक झाकी सहित सम्झना बजारमा ११:०० बजे जम्मा भएर नारा जुलुस सहित प्रस्थान गर्ने छन् भने बैजनाथ ५ वडाले जि गाउँमा स्वागत गर्ने कार्यसुची रहेको बैजनाथ गाउँपालिका ईन्चार्ज नरेन्द्र पान्डे (जेम्स)ले पत्रकारहरुलाइ जानकारी गराए। भने उद्वाटन सत्र बन्द सत्र शनिबार नै सम्पन्न गरिने छ।
शनिबार बैजनाथमा हुने सम्मेलन पुष्प कमल दहाल प्रचण्ड बाबुराम भट्टराई मोहन बैध्य किरण बिप्लब र मोहन बिक्रम सिंहले पार्टी एकीकरण गर्ने चर्चा चलेको बेला बैजनाथले ऐतिहासिक भेला गरेर अगाडि जान सकिने बताए भने नेकपा पछि आ आफ्नो पार्टीमा फर्किएपछि पार्टी निर्माण गर्ने जिम्मेवारी सबैको भएकाले पार्टी कमिटी निर्वाचनमा नगएर सर्बसहमत नै कमिटी निर्माण गरिने समेत जानकारी दिए।