कोहलपुर बाँके
बाँकेको नेपालगन्जमा सोमबार लुम्बिनी प्रदेशका दलित समुदायको भेला सम्पन्न भएको छ । राष्ट्रिय दलित मुक्ति जागरण अभियानको आयोजना गरेको सो भेलामा नेपालगन्जको धम्बोझीबाट पन्चैबाजा सहित र्याली निकालेर त्रिभुवन चोकमा पुगेर कोणसभामा परिणत भेको थियो सभामा बोल्दै अभियान का संयोजक खगेन्द्र सुनारले दलित समुदायको मुक्तिको लागि सडकमा उत्रिनु पर्ने अवस्था आएकोले बताउदै सबै पाटी भित्र दलित समुदायले गरेको योगदानको ढडा पल्टाउने तयारी गरिरहेको बताए । त्यस्तै उनले संघीय राजधानी काठमाडौमा एकलाख दलित उतार्न तयारी गरिएको समेत बताए ।
कार्यक्रमका प्रमुख अथिती पुर्व सिचाइ राज्य मन्त्री दल बहादुर सुनार दलित समुदायको मुक्ति र अधिकारका लागि लड्नु पर्ने अवस्था आएको बताउदै समाजमा विद्द्मान छुवाछूत लगायतका कुरितिको अन्त्य गर्न दलित समुदायले आन्दोलन गर्नुपर्ने बताए
कार्यक्रममा जिल्लाका दलितको नेता दलित अधिकरकर्मीले दलित समुदायको उत्थानका लागि संघर्ष गर्नुपर्ने बताएका छन । र्यालीमा लुम्बिनी प्रदेशका विभिन्न जिल्ला बाट हजारौंको सहभागीता रहेको थियोे ।