Thursday, November 21, 2024
spot_imgspot_img
Homeस‌स्कृतिभाषानेपालगन्जमा पहिलो पटक विश्व संस्कृत दिवस मनाईयो

नेपालगन्जमा पहिलो पटक विश्व संस्कृत दिवस मनाईयो

नेपालगन्ज ६ भदौ

नेपालगन्जमा पहिलो पटक विश्व संस्कृत दिवस मनाइएको छ । बाँके जिल्लामा रहेका वैदिक सनातन ओमकार परिवार भित्रका बिभिन्न संघसंस्थाहरुको सहभागितामा चौथो विश्व संस्कृत दिवस भव्य रुपमा मनाइएको हो ।
प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको पूर्वी पार्कमा रहेको सभाकक्षमा ललितकुमार रौनियारले अध्यक्षता भएको कार्यक्रममा राधाकृष्ण संस्कृत गुरुकुल कोहलपुरका बटुकहरुको स्वस्ति वाचन र दीप प्रज्वलन गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
कार्यक्रमबारे जरोकिलो प्रतिष्ठान नेपालका आजीवन सदस्य मित्रलाल सापकोटाले संस्कृत नेपाली भाषामात्रैको नभएर समस्त हिमवतखण्डका भाषाहरु लगायत देवनागरी लिपिमा लेखिने, यी क्षेत्रमाबोलिने मौलिकभाषाहरुको समेत जननीभाषा रहेको बताए । त्यसैले संस्कृत भाषाको उत्पत्तिको भूमि नेपालमा संस्कृत भाषालाई प्रचारप्रसार संरक्षण र संवद्र्धन गर्नुपर्ने सापकोटाको भनाइ छ । कार्यक्रमको सहजीकरण गरिरहेका सापकोटाले नेपालको भाषामाथिमात्रै नभएर समाजका हरेक कुरा देखि भान्सासम्म विदेशी संस्कृति र भाषाको आक्रमण भएको कुरा औंल्याए ।
कार्यक्रममा राजन कँडेलले संस्कृतको विज्ञानसँग तादम्यता रहेको धारणा राखे । गुरुद्धारा समिति तथा पतञ्जली योग समिति बाँकेका हरपालसिंह सरदारले संस्कृतको संरक्षण नभए देशको अस्तित्व नरहने भन्दै सबै ओमकार परिवारले यसलाई नेपालको पाठ्क्रममा अनिवार्य गराउनु पर्ने धारणा राखेका थिए ।
अर्का वक्ता कृष्णा पाठकले संस्कृतको महत्वलाई ध्यानमा राखेर नीजि विद्यालयमा समेत आफुले संस्कृत पढाउन थालेको जानकारी दिइन् ।राधाकृष्ण गुरुकुल कोहलपुरका प्राचार्य तिलक दहालले संस्कृत संभाषण कक्षा सञ्चालन गर्न लागेको र सबैले अर्को पटक पाँचौं विश्व संस्कृत दिवस मनाउँन आउँदा संस्कृतमा सम्बोधन गर्न सक्ने हुनुपर्ने अपेक्षा गरे ।
संस्कृतको महत्व र संस्कृत दिवस माथि प्रकाश पार्दै वक्ता सुदर्शन देवकोटा, आशा विष्ट, श्यामराज शर्मालगायतले वैदिक सनातन माथि सयौं बर्ष देखि भैरहेको आततायीहरुको आक्रमणका कारण संस्कृत र सँस्कृति मासिँदै गएकोले यसकालागि सबै सनातनीहरुले आफ्नो धर्मसंस्कृति र संस्कृतको रक्षा गर्न जुनसुकै आततायीहरुको डटेर सामना गर्नुपर्ने बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments