कोहलपुर : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आईतवार कनका सुन्दरी गाउँपालिका ६ पछाईबाडा का ४० वर्षका जय बहादुर पछाई को आपतकालीन कक्षको बेडमा निधन भएको १२ घन्टा सम्म पनि मृत्यु भएको पछाईको लास ब्यवस्थापन गरिएको छैन ।
पछाई बिगत चारदिन देखी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आपतकालीन कक्षमा उपचाररत पछाईको निधन पछि स्थानीय आफन्तजन आएर अस्पताल परिसर घेराउ गरेका हुन ।पछाईलाई असोज ७ गते उपचारका लागी कोहलपुर ल्याईएको आफन्तले जानकारी दिएका छन् ।
पछाईका आफन्तले अस्पताल प्रशासनका कारण मृत्यु भएकोले अस्पतालले नै जिम्मेवारी लिनुपर्ने बताएका छन् ।सक्ने भए उपचार गर्ने नसक्ने भए रिफर गर्नुपर्ने हो तर यहाँ त सम्बन्धित डा.लाई बोलाउन जाँदा समेत नआएको र अर्को ठाँउमा लैजानलाई पनि प्रीस्कृप्सन दिनुपर्नेमा कुरुवा आफन्तलाई इमेरजेन्सिमा बसेका अन्य चिकित्सकहरुले एकछिन पछि आउनु हुन्छ आउनु हुन्छ भन्दै अस्पताल प्रशासनका कारण मृत्यु भएको आरोप लगाएका छन् । अहिले जे गर्न सक्नुहुन्छ गर्नु भनेर धम्की दिएकोमा आपत्ति जनाएका छन् यदि हल्का रूपमा लिएका अन्जाम अस्पताल प्रशासनले नै जिम्मेवारी लिनुपर्ने आफन्तले बताएका छन् । यस अघि पनि नेपालगन्ज मेडिकल कलेजले यस अधि पनि लापरबाही गरेर धेरैको ध्यान गएको छ अब अपरान्त यस्तो घटना नदोहोर्याउन समेत दबाब दिने अर्का उपस्थितले बताए ।किन १२ घन्त्टा सम्म बिरामीहरुको बीचमा राखियो लास ?