काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षको युवा संघले त्रिवि शिक्षण अस्पताल परिसरमा सरसफाई गरेको छ।
युवासंघको पिपुल्स् भोलेन्टियर (पीभी) ले शनिबार विहान साढे सात बजेपछि त्रिवि शिक्षण अस्पताल परिसरमा सरसफाइ गरेको हो।
युवाहरुलाई समाजप्रतिको दायित्व र कर्तव्य बोध गराउने तथा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले “महिनामा २ दिन- २ घण्टा मेरो, राष्ट्रका लागि” भन्ने स्वयं सेवकीय अभियान संचालन गर्ने निर्णय गरिएको युवा संघले आज उक्त अस्पतालमा सफाई गरेको हो।
यो अभियान प्रत्येक महिनाको २ वटा शनिवार २-२ घण्टा देशैभरी निरन्तर संचालन हुने युवा संघका केन्द्रिय महासचिव दिपक जि एमले जानकारी दिनुभयो।