Monday, November 25, 2024
spot_imgspot_img
Homeराष्ट्रियनेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिद्वारा ज्ञापन–पत्र बुझाईयो

नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिद्वारा ज्ञापन–पत्र बुझाईयो

नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समिति, बाँकेले शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँके, उप महानगरपालिका तथा भेरी अस्पतालमा ज्ञापन–पत्र बुझाएको छ ।
कोरोना महामारीको संक्रमण बढदै गईरहेको अवस्थामा बाँके जिल्लामा संक्रमितहरुको लागी आईशोलेसन कक्ष, प्लाज्मा र अक्सिजनको उचित ब्यवस्था गर्न माग गर्दै ज्ञापन–पत्र बुझाइएको हो । समितिका संयोजक लक्ष्मीनारायण शाह नेतृत्व टोलीले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई ज्ञापन पत्र बुझाएको छ । कोभिड–१९ संक्रमणका कारण नेपालगन्ज उप महानगरपालिका सहित जिल्लावासी त्रासमा बाँचिरहेको अवस्थामा संक्रमण पुष्टि भएका नागरिकको जिवन रक्षार्थ आवश्यक पर्ने सबै ब्यवस्थापन हुन नसकेको विषयमा समितिले गम्भिर चिन्ता रहेको ज्ञापन–पत्रमा उल्लेख छ । भेरी अस्पतालको पछिल्लो अवस्थाका विषयमा विभिन्न सञ्चार माध्यममा आइरहेका समाचारहरु प्रति पनि समितिले गम्भिर ध्यानाकर्षण भएको जनाउँदै अस्पताल प्रमुख डा. प्रकाश थापालाई भेटी ज्ञापन पत्र बुझाएको छ । नेपाल–भारत सीमाको जमुनाहा नाकामा हेल्थ डेस्कको उचित व्यवस्थापन, नगरमा रहेका अस्पताल तथा स्वास्थ्य केन्द्रमा अक्सिजन सहितको आइशोलेसन र प्लाज्माको अभाव देखिनु गम्भिर विषय रहेको जनाउँदै संक्रमण फैलावटको दरलाई नियन्त्रण तथा न्यूनीकरण गर्न सामाजिक संघ संस्था तथा नीजि क्षेत्र लगाएतका सरोकारवाला पक्षसँग समन्वय र सहकार्य गर्दै जिल्लावासी र यो क्षेत्रबाट आवतजावत गर्ने यात्रुहरुलाई सुरक्षित राख्न क्वारिन्टिन तथा आईशोलेसनको उचित प्रबन्ध गर्न, गराउन समितिले जोडदार माग गरेको छ । कोभिड–१९ महामारीको संक्रमण नियन्त्रणका लागी गरिने हरेक प्रयासमा नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समिति बाँके सहकार्य तथा सहयोग गर्न सदैव तत्पर रहेको प्रतिवद्धता जनाउँदै नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्सेर राणालाई समेत भेटी समितिले ज्ञापन–पत्र बुझाएको छ । कोभिड–१९ नियन्त्रणका लागी गत वर्ष यस समितिले प्लाज्मा दान, स्वास्थ्य सुरक्षा सामाग्री वितरण लगाएतका काम गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments