Sunday, January 12, 2025
spot_imgspot_img
HomeUncategorizedनेपाली कांङ्ग्रेस स्वस्थ प्रतिस्पर्धा स्वीकार्छ:युवराज शर्मा

नेपाली कांङ्ग्रेस स्वस्थ प्रतिस्पर्धा स्वीकार्छ:युवराज शर्मा

बैजनाथ सम्बादाता
बाँकेको बैजनाथमा स्थानीय निर्वाचनका लागिबैजनाथ गाउँपालिका नेपाली काङ्ग्रेस सभापति देब बहादुर के सि को अध्यक्षतामा बसेको गाउँपालिका स्तरीय बृहत् बैठक बैजनाथ ५ जि गाउँ स्थित कृष्ण कमल रिसोर्टको सभाहलमा बैठक सप्पन्न भएको छ।
नेपाली काङ्ग्रेस नेता युवराज शर्मा राष्ट्रिय सभा सदस्य तथा पुर्ब जिल्ला सभापति प्रमुख आतिथ्य बिशिस्ट बिनोद थारु जिल्ला सह सचीव महासमिति सदस्य मेघराज ओलि कपिल शर्मा चन्तराम थारु लक्ष्मि नारायण शाह महाधिवेशन प्रतिनिधि देब बहादुर खत्री जितेन्द्र सिंह ठकुरी नेपाल प्रजातान्त्रिक युवा संघ जिल्ला संयोजक केशर सिह घर्ती लगाएत नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुको उपस्थितिमा बैजनाथ गाउँपालिका स्तरीय बृहत बैठक सप्पन्न गरेको छ।

आसन्न स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसलाई कसरी बिजयी गराउने बारे प्रमुख अतिथिले नेपाली काङ्ग्रेसको प्रतिस्पर्धा भनेको नेकपा एमालेसँग हो नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सँग मित्रवत प्रतिस्पर्धाको ब्यवहार गर्न नेपाली काङ्ग्रेस बैजनाथका नेता कार्यकर्ताहरुलाई निर्देशन गर्नुभयो ।

उक्त बैठक बाट नेपाली काङ्ग्रेसले चुनावी प्रचारप्रसार सचिवालय लगाएत अन्य समिति गठन गरेको छ।आगामी निर्वाचनलाई

चुनाव प्रचारप्रसार समिति संयोजक चन्तराम थारु
युवा परिचालन समिति केशर खड्का
आर्थिक समिति शरद रेग्मी
सचिवालय संयोजक कृष्ण बहादुर कुंवर लाई बृहत बैठकले जिम्मेवारी प्रदान गरेको छ।

विभिन्न समिति गठन गरि नेपाली काङ्ग्रेसलाई बिजय गराउन सबै आ आफ्नो तहगत टाेल सभापतिहरुलाई नेपाली काङ्ग्रेस बैजनाथ सभापति देब बहादुर के सि ले पार्टी जिताउन सबै एकजुट हुन अनुरोध गर्नुभएको थियो भने युवा परिचालन संयोजक केशर खड्काले कार्यक्रमको समापन गर्नुभएको भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments