जुम्ला ११ असोज
जुम्ला जिल्लाको कनका सुन्दरी गाउँपालिका २ गोठि जिउँला स्थित सोमबार दिउँसो २:०० बजे सुख्खा पहिरोमा मालबाहक भे १ ख ३११३ नम्बरको ट्रक पुरिएको खबर प्राप्त भएको छ।असोज ९ गते शनिबार नेपालगन्ज देखि कर्णाली प्रदेशको मुगु जिल्लाका लागि सामान लिएर हिडेको ट्रक दिउँसो ट्रक हिडिरहेको अवस्थामा एक्कासि सुख्खा पहिरो आउँदा जुम्ला जिल्लाको कनका सुन्दरी गाउँपालिका २ बोतामा स्थित जुम्ला मुगु सडकमा आदा ट्रक सुख्खा पहिरोले पुरिएको छ।
ट्रकमा सवार धिर प्रशाद अधिकारी खत्रीले जानकारी दिए।
उक्त बोतामा भन्ने स्थानमा ५ वटा मालबाहक ट्रक र एउटा यात्रु बाहक बस फसेर करिब ३५ जना यात्रुहरु लगाएत चालक सहचालक अलपत्र परेका छन् ।
ट्रक धनी अधिकारीले नेपाल प्रहरीलाई फोन गर्दा नेपाली काङ्ग्रेसको अधिबेशन चलिरहेको छ । सुरक्षा कारण देखाउँदै नेपाल प्रहरी घटना स्थलमा बेलुका ८:०० बजेसम्म पुगेको छैन ।
सडक बिभागको मेसिन समेत उक्त घटना स्थलमा पुग्न सकेको छैन । ट्रक धनी भन्छन् नागरिकहरु समस्यामा छौँ गाडी पहिरोले पुरेको छ भन्दा पनि स्थानीय प्रहरी समयमा पुग्न नसक्नु अथवा जानकारी गराउदा समेत नपुग्दा नेपाल प्रहरीको माथी समेत प्रश्न गर्दै भन्छन् नेपाली काङ्ग्रेसको प्रहरी प्रशासन हो कि नेपाल सरकारको कारण नेपाली काङ्ग्रेसको १४ औं अधिबेशन हो अब के नागरिकको ज्यानभन्दा धेरै के नेपाली काङ्ग्रेसको पार्टीको कार्यक्रम भयो नेपाल प्रहरीले कुनै नागरिक समस्यामा पर्दा तत्काल उद्वार गर्नुपर्ने ठाँउमा अझै थर्काउने गरेको गुनासो गर्छन् ।
नेपाली काङ्ग्रेसको १४ औं अधिबेशनले गर्दा ६ घन्टादेखि पहिरोमा नागरिकले सास्ती भोगिरहेको जानकारी प्राप्त भएको छ।