मित्रलाल शर्मा
केही व्यक्तिहरूले नेपालमा सिद्धान्त, विचार , दृष्टिकोण भएको पार्टी भएन भन्दैछन् । नीति र नैतिकता नेपाली आदर्श भएका पार्टी भएन भन्दैनन । तर त्यस्तो पनि होइन । नेपालमा नेपाली आदर्श नीति र नैतिकता सहित सिद्धान्त,विचार, दृष्टिकोण सबै भएको पार्टी छ । त्यो हो मौलिक जरोकिलो पार्टी ।
मौलिक जरोकिलो पार्टीको सिद्धान्त मौलिक छ । विज्ञानको बुद्धि, प्रविधिको प्रगति , धर्मको विवेक र सहृदयताको सम्बन्ध यि आधारशिला चतुष्ठय सहित स्थितिगत्यात्मक प्रगतिवाद, सहृदयता दर्शन, राज्यराष्ट्र सिद्धान्त रहेको पार्टी हो यो । मौलिक जरोकिलो पार्टी विदेशीको स्वार्थमा आइएनजिओको कलो खानु आफ्नो आमाको रगत मासु खानु सरह मान्छ । नेपालको मूल र कूल नेपाली मौलिकता भाषा संस्कृती सभ्यतामा गर्व गर्छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाह , राष्ट्र गुरु योगि नरहरिनाथ, नेपालका मूल धर्म हिन्दु, बौद्ध , किरात, जैन,बोन र यसले निर्माण गरेको सभ्यता र संस्कृति ज्ञान परम्परालाई आफ्नो आदर्श मान्दै निर्वाचन आयोगमा १५२ नम्बरमा दर्ता भएर देशैभरी अभियानमा छ । सबैलाई आफ्नो जरोकिलोको स्मरण गराउदै छ । कुनै विदेशीको वाद र प्रतिमानलाई मौलिक जरोकिलो पार्टी ले बोक्दैन । आचार्य पद्धति , विशिष्ट नेतृत्व सामूहिक कतृत्वलाई अबलम्बन गरेको छ । बहुनायकत्वलाई मान्दैन ।
नेपालमा नेपाली अस्मिता विरुद्धका केही धर्मछाडाहरु, विदेशी वाद र प्रतिमानलाई फोटोकपी गरेर नेपालमा लागू गर्ने त्यसैलाई आदर्श मान्ने र नेपाल र नेपालीत्वलाई नेपाली मौलिकतालाई मास्नु गाली गर्नु नै विकास सभ्यता ठान्नेहरु भए भन्दैमा अब नेपालमा पार्टी नै छैनन् भन्न मिल्दैन ।
तपाईंमा त्यो साहस छ, नेपाल र नेपाली अस्मिता प्रती गर्व छ, नेपाली मौलिकता नेपाली ज्ञान परम्परामा पनि विकासका प्रशस्तै सम्भावनाहरु छन् भन्ने लाग्छ भने “कोहि छैन, कोहि भएन, पार्टी नै छैनन् ” भनेर निरास हुने होइन । तपाईंको त्यो इमानदारीता प्रस्तुत गर्न मौलिक जरोकिलो पार्टीमा स्थान छ । नीति छ । नैतिकता छ । विचार छ । आफ्नोपन छ ।
आउनुस तपाईं आफ्नो सक्षमता देखाउनुस । नेपाललाई वास्तविक नेपाल नै बनाउदै नेपाललाई विश्वगुरु बनाउने अभियानमा सहभागी बन्नुस ।