बाँके:नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी निकट नेपाल खेलकुद महासंघ समाजवादी लुम्बिनी प्रदेश अध्यक्षमा युवा समाजसेवी शिब डांगी चयन हुनुभएको छ।
केन्द्रिय कमिटीको सर्कुलेसनमा विभिन्न प्रदेशका अध्यक्ष तोकिने क्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाको नेपाल खेलकुद महासंघ समाजवादीको कमान्डको नेतृत्व गर्ने गरी बाँकेका युवा नेता शिव डाँगी चयन हुनुभएको हो।
डाँगी बिगत लामो समय देखि बाँकेको कोहलपुरमा शैक्षिक संस्था स्थापना गरेर समाजसेवा शुरु गर्नुभएको थियो। बिगत नेकपा विघटन पछि सक्रिय राजनीतिमा खुलेका उनि हाल समाजवादी मोर्चा कोहलपुर नगरकमिटी संयोजक समेत हुनुहुन्छ ।
आफुलाई नेतृत्वले लुम्बिनी प्रदेश अध्यक्ष जस्तो गरिमामय पदको जिम्मेवारी दिएकोमा आफुले पार्टी र संगठन प्रति पुर्ण बफादार भई आफ्नो क्षमताले भ्याएसम्म आफुले पाएको जिम्मेवारी पुर्न रूपमा निर्बाह गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।