खजुरा सम्बादाता
१८ असोज
बाँके जिल्लाको खजुरा गाउँपालिकामा नेकपा माओवादी केन्द्रको दलित संगठन नेपाल दलित मुक्तिमोर्चा खजुरा गाऊँपालिकाको पालिका स्तरीय भेलामा शिव सुनारको प्रमुख आतिथ्यमा भुपाल नेपालीको अध्यक्षतामा ३५ सदस्यीय गाउँपालिका स्तरीय कमिटी गठन भएकोछ ।
उक्त कार्यक्रममा खजुरा गाऊँपालिकाको ईन्चार्जमा प्रदिप बि क र सह ईन्चार्जमा लाल बहादुर सुनार चयन हुनुभएको छ।मोर्चाको भेलामा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य डम्बरबहादुर बि क तुफान जिल्लाका नेताहरु राजकुमार बि क धनिराम वली गरिवे शेख लगायतको उपस्थिति रहेको थियो । प्रमुख अतिथी सुनारले दलित मुक्तिमोर्चा खजुरा गाउँ कमिटीमा निर्वाचित सम्पुर्ण सदस्यहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ साथै दलित समुदायको हकहित का निम्ति स्थानीय सरकार बाट पाउने सेवा सुबिधा र हक अधिकारको लागि सिंङ्गो समुदायको वकालत गर्न अनुरोध गर्नुभएको खजुरा गाउँपालिका नेकपा माओवादी केन्द्र अध्यक्ष राज कुमार बि क ले जानकारी दिनुभयो ।